जनता टाइम्स

२८ श्रावण २०७९, शनिबार १५:३३

यी हुन सलमान रुस्दीका आक्रमणकारी


न्यूयोर्क, साउन २८ । शुक्रबार न्युयोर्क राज्यमा एउटा साहित्यिक कार्यक्रममा चक्कु हमलापछि गम्भीर घाइते भएका चर्चित उपन्यासकार सलमान रुस्दीको आँखाको शल्यक्रिया भइरहेको छ । उनले एउटा आँखा गुमाउन सक्ने अनुमान गरिएको छ । आक्रमणकारीको पहिचान खुलेको छ । प्रहरीका अनुसार न्यु जर्सीका २४ हाडी मटरले रुस्दीलाई चक्कु प्रहार गरेका थिए ।

माटरको सामाजिक सञ्जालको प्रारम्भिक समीक्षामा उनी सिया अतिवाद र इरानको इस्लामिक रिभोलुसनरी गार्ड (आइआजीसी)प्रति सहानुभूति देखाएको जनाइएको छ ।

मटर र आइजीसीबीच कुनै सीधा सम्बन्ध नभए पनि अन्वेषकहरूले उनको सेल फोन मेसेजिङ एपमा सन् २०२० मा मारिएका इरानी कमाण्डर कासिम सुलेमानीको तस्बिरहरू फेला पारेको जनाइएको छ ।

रुस्दी सहभागी स्टेजमा मटर अकस्मात उफ्रिएर उनको गर्धनमा कयौँ पटक चक्कु प्रहार गरेका थिए । मटर एक्लैले उक्त हमला गरेको प्रहरीको भनाई छ । माटरको राष्ट्रियता र उनको आपराधिक रेकर्डबारे अमेरिकी अधिकारीहरुले अध्ययन गरिरहेका प्राप्त विवरणमा जनाइएको छ ।