जनता टाइम्स

२९ श्रावण २०७९, आईतवार ०८:१५

छुरा प्रहार गरिएका रुस्दीलाई भेन्टिलेटरबाट बाहिर निकालियो, बोल्न सक्ने अवस्थामा


न्युयोर्क, २९ साउन । शुक्रबार न्युयोर्क राज्यमा छुरा प्रहारमा परेका प्रख्यात लेखक सलमान रुस्दीलाइ भेन्टिलेटरबाट बाहिर निकालिएको जनाइएको छ । उहाँलाई भेन्टिलेटरबाट बाहिर निकालिएको रुस्दीका एजेन्ट एन्ड्रयू वाइलीले पुष्टि गर्नुभयो । त्यस्तै उहाँ बोल्न सक्ने अवस्थामा रहेको पनि अमेरिकी सञ्चार माध्यम वासिंगटन पोस्टले जनाएको छ । उहाँको स्वास्थ्यबारे थप विवरण भने दिइएको छैन ।

यसअघि भारतीय मूलका बेलायती लेखक रुस्दीलाई छुरा प्रहार गरेको आशंकामा पक्राउ परेका हाडी मटरले न्युयोर्कको एक अदालतमा आफू दोषी नभएको दाबी गर्नुभएको थियो । ज्यान मार्ने प्रयास र कुटपिट गरेको अभियोगमा मटरलाइ शुक्रबार अदालतमा उपस्थित गराइएको थियो । उहाँलाई चौटौका काउन्टी कारागारमा थुनामा राखिएको छ ।