एजेन्सी, २९ साउन । विश्वको तीव्र गतिमा बढिरहेको अर्थतन्त्र मध्येको एक बंगलादेशमा एक सातामै पेट्रोल र डिजेलको मूल्य ५० प्रतिशतभन्दा बढीले बढेको छ । बंगलादेशले यो मुद्रास्फीतिको लागि युक्रेन युद्धलाई दोष दिइरहेको छ तर आक्रोशित जनता सडकमा उत्रिएका छन् ।
बंगलादेश श्रीलंका र पाकिस्तान पछि तेस्रो दक्षिण एसियाली देश हो, जहाँ मुद्रास्फीति आकासिएको छ र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग ऋण मागेको छ। बंगलादेशमा पेट्रोलको मूल्य प्रतिलिटर ८६ रुपैयाँबाट बढेर १३० रुपैयाँ पुगेको छ । त्यसैगरी डिजेल र मट्टितेलको मूल्य पनि ४२ दशमलव ५ प्रतिशतले बढेको छ ।
बंगलादेशका उर्जा मन्त्री नसरुल हमिदले आकाशा छोएको मुद्रास्फीतिको बारेमा बीबीसी बंगलालाई भने, ‘हामीलाई थाहा छ कि मूल्यमा ठूलो वृद्धि भएको छ तर यदि अन्य देशका कारण इन्धनको मूल्य बढिरहेको छ भने हामी के गर्न सक्छौं ?’
सरकारमाथिको कुप्रबन्धको आरोपलाई अस्वीकार गर्दै उनले आफ्नो सरकारले मुद्रास्फीतिबाट बच्न धेरै छुट दिएको तर अहिले मूल्यवृद्धि रोक्न नसकिने बताए । ‘यदि विश्वव्यापी रूपमा मूल्य घट्यो भने, हामी केही व्यवस्था गर्ने प्रयास गर्नेछौं,’ नसरुल हमिदले भने ।
गत हप्ता इन्धनको नयाँ मूल्य घोषणा गरेपछि हजारौं बंगलादेशी नागरिकले देशभरका पेट्रोल पम्पहरूमा प्रदर्शन गरेका थिए । बंगलादेशमा विरोध प्रदर्शन, श्रीलंकामा जत्तिकै ठूलो नभए पनि, जनआक्रोश र असन्तुष्टि बढ्दै गएको छ।













प्रतिक्रिया दिनुहोस्