जनता टाइम्स

९ श्रावण २०७६, बिहीबार १५:५१

कर्णाली मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सरहानिय निर्णय, कर्मचारीलाई गाडीको साटो साइकल प्रदान


सुर्खेत, साउन ९

जनप्रतिनिधिले महंगा गाडी खरिद गरिरहेको समाचार आईरहेका बेला कर्णाली प्रदेशले भने निक्कै राम्रो निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका कर्मचारीलाई गाडी नभएर साइकल दिइने भएको छ ।

वातावरण मैत्री पनि हुने र गाडी भन्दा निक्कै सस्तो समेत हुने भएकाले मुख्यमन्त्री कार्यालयले १० वटा साइकल किनेको छ । प्रमुख सचिव केवल भण्डारीका अनुसार कार्यालयका कर्मचारी अब दैनिक रुपमा साइकल चढेर कार्यालय आउनुहुने बताउनु भयो । ‘इन्धन पनि खपत कम हुने, वातावरण प्रदुषण पनि कम हुने भएकाले हामीले साइकल चढ्ने निर्णय गरेका हौं,’ उहाले भन्नुभयो ।

भण्डारीका अनुसार अब मन्त्रिपरिषद् कार्यालयमा १४ वटा साइकल भएका छन्। चार साइकल पुराना हुन् भने दश वटा यही साता किनिएको हो। कर्मचारीले साइकल पालैपालो प्रयोग गर्ने सल्लाह भइरहेको भण्डारीले जानकारी दिनुभयो । कार्यालयले ३० हजार दरले १० साइकल किन्न तीन लाख रुपैयाँ खर्च गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा अहिले ५० कर्मचारी कार्यरत छन्।