जनता टाइम्स

९ श्रावण २०७६, बिहीबार १७:१९

कारागार बाहिरबाटै मुद्दा लडन माग गरेका पूर्व आइजिपी ठकुरीको निवदेन सर्वोच्चद्वारा अस्विकार


काठमाडौं, साउन ९

चर्चित सुडान घोटालामा भ्रष्टचारी ठहर गरिएका पूर्व आइजिपी रमेशचन्द ठकुरीको निवेदन सर्वोच्च अदालतले अस्विकार गरिदिएको छ । कारागारबाहिर बसेर मुद्दा लड्न पाउ भन्दै दिएको निवेदन सर्वोच्चको पूर्ण इजलासले अस्विकार गरेको हो ।

सर्वोच्चको निर्णयसँगै उनि जेलमै बस्नुपर्ने भएको छ । २०७६ असार १९ गते धरौटीमा कारागार बाहिर बसेर मुद्दा लड्न पाउ भन्दै दायर गरेको निवेदनलाई न्यायाधीशहरू आनन्दमोहन भट्टराई, पुरुषोत्तम भण्डारी र प्रकाशकुमार ढुंगानाको इजलासले थप सुनुवाईका लागि अनुमति दिन अस्वीकार गरेको हो ।

ठकुरी फौजदारी कार्यविधि संहिताको १३७(२) अनुसार कैद नबसी नै मुद्दा पुनरावलोकन गर्न सकिने व्यवस्थामा टेकेर सर्वोच्च आएका थिए । सर्वोच्चले अदालतको फैसलालाई सहयोग नगरेको भन्दै थुनामा पठाएको थियो। त्यसपछि ठकुरी हाल डिल्लीबजार कारागारमा रहेका छन् । चन्दबाहेक अन्य दुई पूर्व महानिरीक्षक पहिले नै थुनामा रहेका छन्।