जनता टाइम्स

१ भाद्र २०७९, बुधबार १३:४५

केन्याको निर्वाचनमा ठूलो संख्यामा महिला उम्मेदवार विजयी


एजेन्सी, १ भदौ । केन्यालीहरूले यस महिनाको चुनावमा ७ गभर्नरहरू, ३ सिनेटरहरू र २६ सांसदसहित ठूलो संख्यामा महिलाहरू विजयी भएका छन् । पछिल्लो निर्वाचन परिणामले लैंगिक समानताको दिशामा महिलाहरू एक कदम अगाडि बढेको देखिन्छ ।

पूर्वीअफ्रिकी देश केन्याले महिलाहरूलाई राजनीतिमा ल्याउन लामो समयदेखि संघर्ष गरेको छ । तर, अगस्ट ९ को चुनावले महिला राजनीतिज्ञहरूको लागि एउटा सफलता प्रदान गरेको छ ।

ठूलो जनसंख्या भएको रिफ्ट भ्याली सहर नाकुरुमा, गभर्नर, सिनेटर र महिला प्रतिनिधिसहित ८ पदमा महिला उम्मेदवारहरू निर्वाचित भएका छन् ।