जनता टाइम्स

५ भाद्र २०७९, आईतवार ०६:२९

रुसको ब्ल्याक सी फ्लीटको मुख्यालय भवनमा ड्रोन आक्रमण


काठमाडौं, ५ भदौ । रुसको ब्ल्याक सी फ्लीटको मुख्यालयको एउटा भवनमा ड्रोन आक्रमण भएको छ । क्राइमियामा रहेको उक्त मुख्यालयमा भएको उक्त आक्रमणपछि सेभास्टोपोलको बन्दरगाह सहरमा धुवाँको मुस्लो निस्केको थियो ।

युक्रेनले मस्कोको नियन्त्रणमा रहेको क्षेत्रमा अराजकता र विनाश गराउन खोजेको बेलामा यो आक्रमण भएको हो । स्थानीय अधिकारी र बासिन्दाहरूले जारी गरेको भिडियोमा कति भयो भन्नेबारे स्पष्ट हुन सकेको छैन। स्थानीय रूसी नेता मायखाइलो रज्वोजेवले कुनै मानवीय क्षति नभएको बताएका छन् ।

ड्रोनले भवनमा सीधै प्रहार गरेको हो वा रूसी प्रतिरक्षाले गोली हानेर छतमा खसालेको हो भन्नेबारे प्रष्ट भएको छैन । स्थानीय अधिकारीहरूले शनिबार मानिसहरूलाई घरमै बस्न सल्लाह दिएका छन् ।

आक्रमण कसले गराएको हो भन्नेबारे तत्काल खुलेको छैन । युक्रेनी सरकारले यसबारे कुनै पनि टिप्पणी सार्वजनिक गरेको छैन । तर युक्रेनले आफ्नो सेना प्रायद्वीपमा रूसी सेनाहरूलाई लक्षित गर्ने अभियानमा संलग्न रहेको बताएको छ । रुसी अधिकारीहले यो हमलामा युक्रेनलाई जिम्मेबार ठहराएका छन् ।

सन् २०१४ मा मस्कोले आफूमा विलय गराएदेखि क्राइमिया रूसको आक्रमणको लागि एक प्रमुख मैदान भएको छ । त्यसबेलादेखि यो निरन्तर सैन्यकरण गरिएको छ र ब्ल्याक सी फ्लीटको मुख्यालय रहदै आएको छ ।