एजेन्सी, ८ भदौ । सर्वोच्च अदालतले मंगलबार योग गुरु रामदेवविरुद्ध कडा टिप्पणी गरेको छ । प्रधानन्यायाधीश एनवी रमनाको नेतृत्वमा रहेको पाँच न्यायाधीशको बेन्चले इन्डियन मेडिकल एसोसिएसनको याचिकाको सुनुवाइ गर्दै रामदेवले अन्य आधुनिक औषधि र उपचार प्रणालीको आलोचना नगर्न चेतावनी दिएको छ ।
रामदेवले यो चिकित्सा प्रणालीलाई आलोचना गर्न नपाउने र नसक्ने सर्वोच्चको आदेशमा भनिएको छ। गत हप्ता, दिल्ली उच्च अदालतले पनि बाबा रामदेवलाई आयुर्वेदको बारेमा भ्रामक दावीहरू नगर्न भनेको थियो ।
बाबा रामदेवले आधुनिक चिकित्सा पद्धतिमाथि विवादास्पद बयान दिइरहेका छन्। गत वर्ष मेमा, रामदेवले एलोप्याथी एक ‘मूर्ख विज्ञान’ भएको दाबी गरेका थिए र भारतको ड्रग्स कन्ट्रोलर जनरल द्वारा अनुमोदित रेमडेसिभिर, फेभिफ्लु र अन्य औषधिहरू कोभिड–१९ बिरामीहरूको उपचार गर्न असफल भएको बताएका थिए।
एक भिडियोमा रामदेवले कोरोनाकालमा अक्सिजनको कमीले नभई एलोप्याथिक औषधिका कारण लाखौं बिरामीको मृत्यु भएको दाबी पनि गरेका थिए । पतञ्जलि आयुर्वेदका संस्थापकले आईएमएलाई खुला पत्र पनि लेखेका थिए र एलोप्याथीसँग सम्बन्धित २५ प्रश्न सोधेका थिए ।
उनले आफ्नो ट्विटर प्रोफाइलमा साझा गरिएको एक पत्रमा लेखेका थिए ‘यदि एलोप्याथी सर्वशक्तिमान र ‘सर्वगुण सम्पन्न’ (सबै राम्रा गुणहरू सहित) हो भने, डाक्टरहरू किन विरामी पर्छन’ भन्ने प्रश्नसमेत गरेका थिए ।
रामदेवको गल्ती र माफी
पछि केन्द्रीय स्वास्थ्यमन्त्री डा हर्षवर्धनले रामदेवलाई पत्र लेखेर आफ्नो बयान फिर्ता लिन आग्रह गरेका थिए । उनको भनाइप्रति इन्डियन मेडिकल एसोसिएसनले पनि आपत्ति जनाएको थियो ।
फलस्वरूप रामदेवले सामाजिक सञ्जालमा पत्र जारी गर्दै आफू आधुनिक चिकित्सा विज्ञान र एलोप्याथीको विरुद्धमा नभएको बताए ।
कोभिड मामिलाहरु बढ्दै गएपछि पतञ्जलीले दिव्य प्रकाशन पतञ्जली अनुसन्धन संस्थान, हरिद्वारमा विकसित ‘कोरोनिल’ ट्याब्लेट सार्वजनिक गरेको थियो । यसले सात दिनमा कोभिड–१९ निको हुने दाबी गरिएको थियो ।
कोरोनालको प्रक्षेपण कार्यक्रममा केन्द्रीय स्वास्थ्य मन्त्री हर्षवर्धन आफैं रामदेवसँग स्टेज सेयर गर्दै देखिएका थिए । यसप्रति आईएमएले कडा आपत्ति जनाएको थियो । पतञ्जली आयुर्वेदले त्यसबेला दावी गरेको थियो कि ट्याब्लेटलाई डब्ल्यूएचओको प्रमाणीकरण योजना अनुसार कोविडको उपचारमा सहयोग गर्ने औषधिको रूपमा आयुष मन्त्रालयले प्रमाणित गरेको छ।
पछि यो स्पष्ट गरिएको थियो कि प्रमाणीकरण केन्द्र द्वारा दिइएको थियो र डब्ल्यूएचओले ‘कुनै पनि औषधिलाई स्वीकृत वा अस्वीकृत गर्दैन’।
अर्को भाइरल भिडियोमा, बाबा रामदेवले दावी गरे कि भारतमा कोरोनाभाइरस खोपको दुबै डोज पाए पनि १० हजार भन्दा बढी डाक्टरको मृत्यु भएको छ। भिडियोमा, उनी भाइरस विरुद्ध आफ्नो फोक्सोलाई बलियो बनाउन योग अभ्यासका फाइदाहरूको बारेमा सल्लाह दिइरहेका देखिन्छन् । उनी ‘कुनै डिग्री बिना, तर दिव्यता र मर्यादाका साथ’ डाक्टर भएको दाबी गर्छन् ।

बाबा रामदेव सुरुदेखि नै विवादमा
– २००५ मा, सीपीएम नेता वृंदा करातले रामदेवलाई उनको औषधिमा मानव र जनावरको हड्डी मिसाएको आरोप लगाए । मिडियामा विवाद बढ्यो तर पतञ्जलीले आरोप अस्वीकार गर्यो। झण्डै एक दशकपछि पश्चिम बंगालको प्रयोगशालामा गुणस्तर परीक्षणमा असफल भएपछि सेनाले आफ्नो क्यान्टिनबाट पतञ्जली अमलाको जुस फिर्ता पठाएको थियो।
– २०१२ मा विदेशमा लुकाइएको कालो धन विरुद्ध अभियान सुरु गर्दै, रामदेवले उत्तराखण्डमा सत्तामा आएको कांग्रेसमाथि प्रहार गरे। कांग्रेसले योगगुरु विरुद्ध कर छली, जग्गा हिनामिना र कथित भ्रष्टाचारको आरोपमा ८१ वटा मुद्दा दर्ता गरेर बदला लियो र उनका धेरै केन्द्रहरूमा छापा मार्न प्रहरी पठाएको थियो ।
– २०१८ मा, बाबा रामदेवका एक समयका नजिकका सहयोगी कर्मवीरले पतञ्जली घिउको गुणस्तरमाथि प्रश्न उठाए । उनले एक अनलाइन पोर्टललाई दिएको अन्तर्वार्तामा कसैले देसी गाईबाट शुद्ध देसी घिउ बनाएमा करिब १२ सय रुपैयाँ लाग्ने बताए । जबकि पतञ्जलीको घिउ आज करिब ६ सय रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ ।
विवादकैबीच फाइदा
रामदेवले २०१९ मा आफू फकीर भएको र देशको लागि काम गर्ने बताएका थिए । उनले देशलाई बलियो बनाउन आफू लागिपरेको र पतञ्जलिको फाइदा देशकै लागि भएको बताए ।
उनले आज पतञ्जली ८ हजार करोडको कम्पनी भएको बताए । तीन वर्षपछि अब पतञ्जली १० हजार करोडभन्दा बढीको कम्पनी बनेको छ ।













प्रतिक्रिया दिनुहोस्