जनता टाइम्स

१० श्रावण २०७६, शुक्रबार १५:२७

२७ वटा गोमन सर्प घरमा आएपछि…


झापा, साउन १०

झापाको गौरादहमा एउटा घरमा २७ वटा सर्प फेला परेको छ । गौरादह नगरपालिका वार्ड नं ५ चाप्रामारी कटकपुरका काशी शर्माको घरमा एउटा ठुलो सर्पसहित २७ वटा गोमन सर्प भेटिएको हो । एउटा सर्प मारेको र त्यसपछि राती अरू पनि सर्प भएको आँशकामा दुलो खन्दा २७ वटा सर्प भेटिएको हो ।

धेरैजसो सर्पका बच्चा रहेका थिए । शर्माका छोरा सन्दीपका अनुसार अकल्पनीय रूपमा सर्पहरू भेटिएका छन् । उनका अनुसार रातको ११ बजे स्थानीयहरूको सहारामा सबै सर्पहरू मारेर गाडिएको छ । सोहि घरमा त्यो भन्दा अगाडि अर्को विषालु करेत सर्प पनि भेटिएको थियो ।