जनता टाइम्स

११ श्रावण २०७६, शनिबार ०९:२०

आईसीसी टि–ट्वान्टी विश्वकप छनोटमा कुवेतद्धारा नेपालाई १४२ रनको लक्ष्य


काठमाडौं, साउन ११ । आईसीसी टि–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको तेस्रो खेलमा कुवेतले नेपाललाई १४२ रनको लक्ष्य दिएको छ । इन्डियन एसोसियसन क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४१ रन बनायो ।

कुवेतका लागि कप्तान मोहम्मद कासिफले सर्वाधिक ४९ रनको योगदान गरे । त्यस्तै कुवेदका अदान इदरसले २५ रन जोड्दा मोहम्मद अश्लामले २३ र १७ रनको योगदमान गरे । कुवेतका लागि रभिज सन्दरावनले १५ र बिलाल ताहिरले १३ रन जोडे ।
बलिङतर्फ नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मीले समान तीन–तीन विकेट लिए । त्यस्तै करण केसीले दुई विकेट लिँदा अविनाश बोहोराले एक विकेट लिए ।