चितवन, भदौ १२ । प्रेस चौतारी नेपाल जिल्ला शाखा चितवनले देवघाटमा रहेका वृद्ध बा–आमालाई दर खुवाएर तीज मनाएको छ ।
दर खाने अघिल्लो दिन आज बिहान देवघाट तनहुँको सरकारी वृद्वाश्रम रहेका ३२ जना बा–आमालाई दुर खुवाइएको हो । दर खुवाउने कार्यक्रममा प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले घर परिवारबाट अनेक कारणले अलग भएर आश्रममा आएका वृद्ध बाआमालाई नरमाइलो नलगोस भनेर दर खुवाइएको बताउनु भयो । वर्षेनी तीजका दिन प्रेस चौतारी चितवनले वृद्धाश्रममा गएर दर खुवाउने गर्दछ ।
कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रि अधिकारीले रचनात्मक र सिर्जनात्मक कार्यक्रम गरेर प्रेस चौतारी चितवनले सामाजिक उत्तरदायित्व निभाएको भन्दै प्रसंशा गर्नुभयो ।
दर खुवाउने कार्यक्रमको संयोजन प्रेस चौतारी जिल्ला शाखा चितवनकी उपाध्यक्ष शान्ता अधिकारीले गर्नुभएको थियो । कार्यक्रमा पत्रकार महासंघ चितवन शाखाका सचिव दिपेन्द्र अधिकारी, प्रेस चौतारी चितवनकी जिल्ला इन्चार्ज प्रतिमा सिलवाल लगायतको समेत उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्