जनता टाइम्स

११ श्रावण २०७६, शनिबार ११:५६

भरुवा बन्दुकसहित दुई जना पक्राउ


मोरङ, साउन ११

मोरङको कानेपोखरी गाउँपालिका–७ जनजागृति सामुदायिक वनबाट शुक्रबार साँझ दुई थान भरुवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरका अनुसार अस्थायी प्रहरी चौकी कानेपोखरी, वन कार्यालय कानेपोखरी र जनजागृती वन उपभोक्ता समितिका प्रतिनिधिसहितको टोलीले गस्ती गर्ने क्रममा कानेपोखरी गाउँपालिका–५ जहदाका २६ वर्षीय धनकेशर राई र उर्लाबारी नगरपालिका–४ का ४४ वर्षीय शम्भु गहतराजको साथबाट भरुवा बन्दुक बरामद गरेको हो ।

दुबै जनालाई इलाका प्रहरी कार्यालय पथरीमा राखी थप अनुसन्धान भइरहेको छ ।