जनता टाइम्स

१३ भाद्र २०७९, सोमबार १८:०७

फिनल्याण्डकी प्रधानमन्त्रीको डान्सको समर्थन गर्दै हिलारी क्लिन्टनले के भनिन ?


एजेन्सी, १३ भदौ । फिनल्याण्डकी प्रधानमन्त्री सान्ना मारिनको एउटा भिडियो हालै भाइरल भएको छ, जसमा उनी पार्टी गरिरहेको देखिएकी छिन् । यो भाइरल भिडियोपछि यति धेरै हंगामा मच्चियो कि साना मरिनले ड्रग टेस्ट गराउनुपर्ने भयो ।

तर, त्यसपछि सानाको लागुऔषध परीक्षण नतिजा नेगेटिभ आएको थियो । डान्सको भिडियोलाई लिएर उनले आलोचना पनि खेप्नु परेको थियो । यसैबीच, पूर्व अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले सानालाई समर्थन गर्दै आफ्नो नृत्य गरेको पुरानो तस्विर पनि शेयर गरेकी छिन् ।

पूर्व अमेरिकी प्रथम महिला र पूर्व विदेश मंत्री हिलारी क्लिन्टनले ट्वीटरमा मरीनको समर्थनमा आफ्नो तस्बिर सेयर गरेकी छिन् । जसमा उनी क्लबमा डान्स गरिरहेको देखिएकी छिन् । हिलारीले २०१२ मा विदेश सचिवको रूपमा कोलम्बियाको भ्रमण गरेकी थिइन् । यो त्यतिबेलाको तस्विर हो ।

क्लिन्टनले तस्बिरसँगै स्टाटस लेखिन्– ‘साना यसरी नै नाचिरहनु ।’ यति मात्र होइन, हिलारी क्लिन्टनको यो ट्वीटमा फिनल्याण्डका प्रधानमन्त्रीको जवाफ पनि आएको छ । यस ट्वीटको जवाफ दिँदै फिनल्याण्डकी प्रधानमन्त्री साना मारिनले हिलारीलाई धन्यवाद दिएकी छन् ।

दुबैको यो ट्विट ट्वीटरमा निकै भाइरल भइरहेको छ । धेरैले हिलारी क्लिन्टनको यस्तो समर्थनको प्रशंसा पनि गरिरहेका छन् । यसअघि फिनल्याण्डका सबै महिला पनि सानाको समर्थनमा खुलेर बाहिर आएका थिए । यी महिलाले एउटा समूह बनाएर सामाजिक सञ्जालमा डान्सको भिडियो पोस्ट पनि गरे ।

आखिर प्रधानमन्त्री पनि मान्छे नै भएकाले इन्जोइ गर्ने, रमाउने, नाच्ने अधिकार उनलाई किन छैन ? भन्ने प्रश्न समर्थक महिलाको रहेको छ ।

के थियो भाइरल भिडियोमा ?
केही दिनअघि सनाको एउटा भिडियो भाइरल भएपछि यो कुरा बाहिर आएको हो । जसका सम्बन्धमा उनले साथीहरूसँग पार्टीमा लागुऔषध सेवन गरेको दाबी गरिएको थियो । यो भिडियो भाइरल भएपछि सनामाथि प्रश्न उठेको थियो । त्यसपछि उनले ड्रग्स टेस्ट गराइन् । उनको यो परीक्षणमा नेगेटिभ देखिएको थियो ।

सामाजिक सञ्जालमा भाइरल भएको उनको भिडियोमा उनी आफ्ना साथीहरूसँग नाच्दै गाउँदै गरेको देखिएकी छन् । उक्त भिडियोलाई लिएर फिनल्याण्डमा निकै विवाद भएको थियो । फिनल्याण्डका विपक्षी दलहरूले साना मरिनलाई निशाना बनाएर उनलाई लागुऔषध परीक्षण गराउन सल्लाह दिएका थिए । सनाले भने आफूले रक्सी मात्र सेवन गरेको बताएकी थिइन् ।