जनता टाइम्स

१४ भाद्र २०७९, मंगलवार १८:४७

सेक्स कल सेन्टरको पर्दाफास, मालिकले लिन्थे चर्को शुल्क, १७ युवतीको उद्धार


एजेन्सी, १४ भदौ । मुम्बई प्रहरीको अपराध शाखाले एक सेक्स कल सेन्टरको पर्दाफाश गरेको छ । यस कल सेन्टरबाट ग्राहकलाई फोन र भिडियो कलहरू गरिन्थे । प्रहरीले केही कलेज युवतीसहित १७ जना युवतीको उद्धार गरेको छ ।

उक्त कल सेन्टरमा २ सय ७० रुपैयाँदेखि १० हजार रुपैयाँसम्म फोन चार्ज हुने गरेको प्रहरीको भनाइ छ । अहिले प्रहरीले यौनशोषणको कोणबाट पनि अनुसन्धान गरिरहेको छ । कल सेन्टरका मालिक पक्राउ परेका छन् ।

जानकारीका अनुसार यस कल सेन्टरमा युवतीको अनलाइन वेश्यावृत्ति गराइने गरेको थियो । यो काम फोन कल र भिडियो कल मार्फत गरिएको थियो । यसको मालिकले एउटा एप्लिकेशन बनाएको थियो जस मार्फत ग्राहकहरू जाडिने गरेका थिए।

कल सेन्टरमा काम गर्ने केही युवतीहरू अझै पढिरहेका थिए । यसबाहेक केही युवती गरिब थिए जो पैसाको लागि यहाँ काम गर्थे। आरोपितले महिलालाई पैसाको प्रलोभनमा फसाएर यस्तो काम गराउने गरेका थिए ।

यो महिनाको सुरुमा मुम्बई पुलिसले एक सेक्स र्याकेट पर्दाफास गरी १७ महिलालाई मुक्त गरेको थियो । प्रहरीले ९ जनालाई पक्राउ समेत गरेको थियो । एक अधिकारीका अनुसार मुम्बई पुलिसको एन्टी ह्युमन ट्राफिकिंग युनिटले अगस्ट ५ मा यो कारबाही गरेको हो।

एक महिलाले राजु र साहिल नामका व्यक्ति विरुद्ध उजुरी दिएकी थिइन्, अधिकारीले भने। उनी मानव बेचबिखन काण्डमा संलग्न थिए ।