जनता टाइम्स

१५ भाद्र २०७९, बुधबार ०७:४४

एमाले र परमादेशी गठबन्धनको तुलना गर्दा आउने निश्कर्ष


सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने अठोटलाई मियो बनाएको ओली विरासत नै केही वर्ष यता नेपालले पाएको महत्वपूर्ण प्राप्ती हो । प्रचण्डको जालमा परेर गिरिजाप्रसाद कोइराला देशको मियोको भूमिकाबाट विस्थापन भएपछि नेपालको लोकतन्त्र र लोकतन्त्रवादीहरुको दिनगन्ती सुरु भैसकेको थियो । प्रचण्डको अधिनायकवादी आकांक्षा अहिले जस्तो सुसुप्त, छद्म र मृतप्रायः अवस्थाको नभै जागृत रहेको बेला लोकतन्त्रवादीहरु च्याङकाई सेक र दलाई लामा हुने खतरा थियो । सौभाग्यवश नेपालको लोकतन्त्रवादी शिविरले ओलीको कुशल र जादुगरी नेतृत्व पायो । सेनापति काण्ड यता नेपाली जनता र ओलीको समन्ध बाघ र जंगल, बघिनी र डमरु वा भनौं पानी र माछाको जस्तो रहेको छ ।

दयालबहादुर शाही

अस्ताएर पनि उदाउन जान्ने सूर्य हुन्छ ।
धक्का खाएर पनि धुलो टक्टकाउँदै उठ्न जान्ने एमाले हुन्छ ।

आगामी मंसिर ४ गते हुने चुनाव विवेक, जागरण र हिम्मतले बाँचेका नेपाली जनताको धाप, छाप र आशिर्वादले टिकेको देशभक्त राजनीतिक शक्ति नेकपा (एमाले) र हरहर मोदी गर्ने आधा दर्जन लेण्डुप दोर्जेहरुको डप्फाको रुपमा रहेको सत्तारुढ गठबन्धनबीचको अन्तिम र युगान्तकारी युद्ध हो । बिनामेहनत अरुको पार्टी कब्जा गर्ने दुष्कर्मका हिसाबले जुम्ल्याहा ठगको रुपमा रहेका देउबा र दाहाललाई दण्डित र खण्डित नगर्ने हो भने नेपालले आगामी वर्षमा सिक्किमले भोगेको जस्तो अस्तित्व रक्षाको महासंकट भोग्नुपर्ने छ ।

जीपी नहुनाले तान्त्रिक कांग्रेसबाट आएर शेरबहादुर देउबाले कांग्रेस कब्जा गर्न सके । केपीको मौजुदीका कारण एमाले निल्न आएका प्रचण्डले जिल्लिनु परेको छ । रामचन्द्र, शेखर, गगन थापा जस्ता ईख नभएका अटल कांग्रेसका कारण एकतिहाई सानो आकारको तान्त्रिक कांग्रेसका नेता शेरबहादुर देउबाबाट दुईतिहाई बहुमतमा रहेको मूल कांग्रेस शासित र प्रताडित छ । पटक पटक पार्टी फोरेका विजयकुमार गच्छदारदेखि अकांग्रेस जीनका आरजु राणा र सुनिल थापाको जोहो गरी देउबाले दुई दुई महाधिवेशनमा रक्तहीन कोतपर्व मच्चाएर सक्कली कांग्रेसको जरो उखेलेका छन । प्रचण्डको एमाले निल्ने इरादा देउबाको भन्दा पनि घातक प्रकारको थियो । अनुकूलता पनि देउबालाई भन्दा बढ्तै थियो तर ओलीको दीर्घ राजनीतिक साधना र चातूर्यताका अगाडिका अगाडि एमालेको चोक्टा खान गएका प्रचण्डले झोलमा डुब्नु पर्यो ।

कांग्रेसमा रामचन्द्रहरु जुम्सा, असावधान र असंगठित मात्र थिए । एमालेका माधव, झलनाथ र वामदेव एमालेद्वेषी, गद्दार र कृतघ्न पनि थिए । मूल कांग्रेसको दोहन, दलन र चोरी कांग्रेसकै फ्रेम भित्र रहेर गरिएको छ तर एमालेमाथिको असफल चीरहरण र चव्रmब्यूहमा आधा दर्जन अन्य दलहरु, अदालत र महाशक्तिहरुको संलग्नता रह्यो । काम गर्न नसकेर चोरीमा लागेको चोर धनसारमा पसेर पनि रित्तै फर्कनु पर्दा आफ्नै छात्ती पिट्छ र जगल्टा लुच्छ । देउबाले मूल कांग्रेसलाई कजाएर कल्पवृक्ष बनाएको देखेका प्रचण्डलाई एमाले चोरेर कामधेनु बनाउन नसकेकोमा आफ्नो जीवन नै भारी भएको छ । प्रचण्डको भावभंगी, चिडचिडाहट, रुन्चे हाँसो र अश्रुपूर्ण भासनमा देखिन्छ एमालेलाई निल्न खोज्दा न बजे बाँसुरी नरहे बाँसको हालत बेहोर्नु पर्दाको पीडा । ओरालो यात्रा रोक्ने, पतन टार्ने र चुलिएको महत्वाकांक्षा पूरा गरिदिने एमालेदेवी उल्टै क्रुर भैदिए पछि आत्महत्याशास्त्रको शरण पर्नु प्रचण्डका लागि बाध्यकारी बिकल्प बनेको छ ।
त्यो नाकाबन्दी र यो घेराबन्दी
एमालेको युवापुस्तालाई मैदान दिने राजनेतात्रय मदन भण्डारी, मनमोहन अधिकारी र केपी शर्मा ओलीले दिएका विशिष्ठ देन अव नेपालका लागि विशिष्ठ विरासत बनेका छन् । विरासतहरुको रक्षा र विरासतको सूत्रपात गरेका कारण ओली विरुद्ध नाकाबन्दीदेखि घेराबन्दीसम्मका चक्रब्यूह रचिएको छ । एमालेलाई देशीविदेशी प्रतिक्रियावादीको जलनको विषय बन्ने निम्न तीन विरासतहरु हुन्ः–

– जननेता मदन भण्डारी, जसले चुनावी महासंग्राममा नेपाली कांग्रेसका तत्कालिन सभापति एबं बहालवाला प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई धुलो चटाएर नेपालमा बहुदलीय जनवादीहरुको विजययात्रा सुरु गरी र कम्युनिष्टहरुको युग ल्याउनु भयो । प्रचण्ड र माधव नेपाल भने देउबाको गोडाको धुलो मिश्रित अबिर अनुहारमा दलेर स्थानीय चुनाबमा मिलेको जुठोपुरो जितको विजययात्रामा मग्न छन् । कुढाकर्कटहरुको गद्दारीका बाबजुद एमालेको उदय एक महत्वपूर्ण विरासत हो जुन राष्ट्ररक्षाको लागि अपरिहार्य छ ।

– मनमोहन अधिकारी, जसले नौ महिने शासनकालमा लोकप्रिय सरकार चलाएर लोकतान्त्रिक शासन प्रणाली सेतासुकिला र धनीमानीको दुहुनो गाई होइन, यो त सामाजिक न्याय, जनताको सर्वाेच्चता, शान, स्वाभिमान र जनजीविकाको सुनिश्चितताको आन्दोलनको महत्वपूर्ण मोर्चा हो भन्ने सत्यको नयाँ क्षितिज उघार्नु भयो । प्रचण्ड र माधव नेपाल भने वृद्धभत्ता एमालेको ब्राण्ड होइन भन्दै सामाजिक न्याय, जनजीविका, सुशासन, समृििद्ध र देशभक्तिको एमालेयज्ञ विध्वंश गरी सेतासुकिला पोस्ने र मेहनतकस दुःखीजन झोस्ने कांग्रेसको जनविरोधी चरित्रको सेवा गरेर विषवृक्षको गोडमेलमा लिन छन् । गद्दारीका बावजुद सामाजिक न्याय र सुशासनको फहराएको झण्डा नेपालको भूमिमा एमालेले बनाएको विरासत हो ।

– राजनेता केपी ओली, जसले मरिसकेको आँट आशालाई एमालेको पोल्टामा फिर्ता गर्नुका साथै, झलनाथ र वामदेवहरुबाटको आन्तरिक शक्ति ऐठनमा परी कांग्रेसको रखैल हुन्छ वा माओवादीको चखैल हुन्छ भन्ने सन्देहको घेरामा रहेको एमालेलाई उठाएर उल्टै कांग्रेस र माओवादीको ओठतालु सुकाउने विजेता शक्तिको रुपमा पुनस्र्थापित गरी समृद्ध नेपाल र सुखी नेपालीको महाअभियानको अभियन्तादेखि हडपिएको भूमि लिम्पियाधुरा फिर्ता लिने देशभक्तिपूर्ण आन्दोलनको महानायक शक्तिका रुपमा स्थापित गर्नु भयो । प्रचण्ड र माधव नेपालको जोडबल भने निष्ठाको जरो उखलेर नगदानगदीमा छ, आँट र आशावादितामा डढेलो लगाएर कांग्रेसनिर्भर संस्कृति मजबुत पार्नमा छ । देशभक्ति कुन चरीको नाम हो थाह नपाउने दिग्भ्रमित युवा पुस्ता तयार पार्ने भाकाकबोल मोदी प्रशासन र भारतसामु गरिएको छ । लेण्डुप दोर्जे धर्म अदा गर्दै प्रचण्ड र माधव लिम्पियाधुरा मुद्दा विषयान्तर गर्ने केही थान लघुप्रचण्डहरु कोरल्न ओथारो नबसेको भए बालेन शाह, गोपी हमाल, हर्कराज राई जस्ता चल्लाहरुको उत्पादन संंभव थिएन । मकैभित्रको घुनलाई कुन घट्टमा पिसिने हो थाह हुँदैन । देशभक्ति र सीमा रक्षाको चेत नहुने हो भने राजनीतिकर्मीले घुनको जुनी ग्रहण गर्छ । विष नभएको सर्प र ईख नभएको मान्छेलाई कसैले टेर्दैन । देउबा, दाहाल र माधवका कारण हेयको विषय बन्न थालेको नेपाल देशभक्ति र स्वाभिमानको ओली विरासतको ओझले गर्दा दिल्लीको टाउको दूःखाईको विषय बनेको छ ।

युग नेतृत्व
‘युग नेतृत्व’ र ‘गौरवमय अस्तित्व’ देश रुपी रथका दुई पाग्रा हुन् । युगदेखि युगसम्म नेपाल र नेपाली जातिले यो अटल सौभाग्य पाउदै आएको छ । नेपाल कसैको निगाहमा नभै आफ्नो पौरखले बनेको र बाँचेको जेठो राष्ट्र हो । यसैले त विश्वमा नेपालको मान छ, शान छ, सम्मान र पहिचान छ । यो केही देशको जस्तो केही दशक यताको चैते चिनारी होइन, शताब्दि शताब्दिदेखिको, अझ सहस्राब्दि सहस्राब्दिदेखिको सिलसिला हो । उल्लेखित तीन पक्षहरुमा नेपालले बोकेको विराट संभावनाको भ्रुण र भ्रुणहत्याको चुनौतिलाई चिन्नलाई अपरिहार्य चेतना र सामथ्र्य, आँट र उत्साह, ह्याउ र हुतीमाथि प्रकाश पार्न खोजिएको छ ।

स्थानीय चुनावमा प्रकट भएको जनअभिमतले नेकपा (एमाले) नै सबैभन्दा ठूलो दल पुनपुष्टि भएको छ । सिंहसँग लड्न एउटा ब्वाँसो वा वनकुकुरको बल पुग्दैन, हुल बाँध्नु पर्ने हुन्छ । ओलीको उदयपछि नेकपा(एमाले)ले पनि एक्लादोग्ला ब्वाँसा वा बनकुकुरले छोइनसकिने सिंहको जस्तो उच्चता र श्रेष्ठता लिएको छ । बरु निर्जन वनको सिंह एक्लो पर्दा ब्वाँसोको हुलबाट चिथोराई पाउँछ तर नेकपा(एमाले)ले जनताको चेतना, सामथ्र्य, स्नेह र अनुकम्पाले एक्लो पर्नु परेको छैन र मर्नु परेको छैन । दासढुंगा हत्याकाण्ड हुँदा देउबा हाँसेकै हुन् र प्रचण्ड नाचेकै हुन् । वामदेवले एमाले फोर्दा र मनमोहनले यो धर्ती छोड्दा एमाले उठ्नै नसक्ने गरी थलियो भनेर चरम दक्षिणपन्थी र उग्रवामपन्थीले एकसाथ मुखमिठाएकै हुन् ।

झिँगाको श्रापले डिँगो मर्दैन । कांग्रेसले राज्यसत्ता र माओवादीले लडाकु प्रयोग गरी चौसठ्ठी साले कोतपर्व रचिएकै हुन् । नाकाबन्दी र सीमा घेराऊका साजिस भएकै थिए । हात्ती माकुरेजालमा पर्न सक्तैन थियो । जनताको काखमा हुर्केको, जनताको साथ पाएको, जनताको जुत्ता सोझ्याएको र जनताको सेवामै जुनी बिताएको एमालेको पतन कसैले चाहेर पनि संभव थिएन । माधव मक्किदैमा, झलनाथ झोक्किदैमा, वामदेवको चेतनामा फ्युज जाँदैमा वा भित्रै रहेर घनश्याम भुसालले गुरुसेवा गर्दैमा नेपाली जनताको चेतना लोडसेडिङ हुनेवाला थिएन र भएन पनि ।
गठबन्धन : अस्थिरताको जरो
देउबा र दाहालको नशा नशामा अस्थिरताको रगत छ । राजनीतिक अस्थिरताको निम्ति नै उनीहरुले जन्म लिएका हुन् । उनीहरुको प्रयत्न नै कसरी चाँडो चाँडो सत्ता परिवर्तन गर्ने भन्नेमा केन्द्रित हुन्छ । आफ्नै जीवनगुरु कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालालाई भिडाएर, मिल्न नदिएर तथा उनीहरुलाई सत्ताच्युत गरेर सतामा पुगेको कालो बिगत छ देउबाको । प्रचण्डको जुनी नै नेपाल र नेपाली जनतालाई दुःख दिन भएको हो । सत्र पटकका लालची शिरोमणि रामचन्द्र पौडेलको इरादा पनि सत्ता प्राप्ती हो, गृहनिर्माण होइन । देउबा र दाहालको रेकर्ड तोड्ने पौडेलको सुसुप्त रहरलाई स्थानीय चुनावमा कांगे्रसले पाएको सफलताले पखेटा हालेको छ । कोइराला कांग्रेसको विरासत डा. शेखर कोइरालाले कुम्ल्याएको स्थिति छ । कांग्रेसमा पनि विघठित नेकपामा जस्तै माधव, झलनाथ र वामदेव जस्ता माकुरेभ्रुण बसिसकेको छ । फेरि उठेको कांग्रेसमा बहुनायक नश्यतिको संकटले शिर उठाइसकेको छ । प्रचण्ड र माधवको शब्दकोसमा आस्था र आशा छैन । निष्ठा उनीहरुको नजिकमा पर्दैन । उनीहरुले आगामी पाँच वर्षमा पाँच प्रधानमन्त्री बनाएर सत्ताको भागबण्डा लगाए अच्चम मान्नु पर्ने छैन । किनकी यो सत्तारुढ गठबन्धन अस्थिरताको मूल जरो हो ।

२०५१ सालमा आफ्नै जीवन गुरु गिरिजाप्रसाद कोइरालाको सरकार ढाल्न शेरबहादुर देउबाले छत्तीसे गुटको कलापूर्ण निर्माण र परिचालन गरे यता नेपालमा सरकार गठन पुनर्गठनको सुनामी आइरहेको छ । छत्तीसे मध्येमा देउबाको भूमिका सैतीप्रति सहयोगी रहेको थियो । २०५१ सालमा शेरबहादुर देउबा गृहमन्त्री छँदा गृहसचिव रहेका श्रीकान्त रेग्मीले यसबारे जानकारी तत्कालीन प्रधानमन्त्रीलाई गराएका थिए । आफै गृहमन्त्री रहेको सरकार ढाल्न छत्तीसे सांसदलाई देउबाले नै आर्थिक भरथेग गरेको सुइँको पाएपछि यसबारेमा आफुले देउबालाई ‘अनैतिक काम’ भनेर सचेत गराएको कुरा रेग्मीले यो पंत्तिकारलाई बताएको एक दशक भयो । देउबाका गतिविधि नरोकिएपछि स्याङ्जा कांग्रेसका नेता खगेन्द्रराज रेग्मीका भाइ समेत रहेका गृहसचिव रेग्मीले देउबाको गद्दारी भण्डाफोर गरे । अन्ततः एक एक वर्षको अन्तरमा गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीलाई सत्ताच्यूत पारी २०५२ साल भदौमा शेरबहादुर देउबा प्रधानमन्त्री भएरै छाडे । छत्तीसेको सृष्टिकर्ता र पालनकर्ता देउबा नै भएको सही सूचना जीपीलाई दिएको बदला लिदै देउबाले श्रीकान्त रेग्मीलाई मुख्यसचिव हुनबाट बञ्चित पारे ।

अस्थिरताको लहरले देउबा सरकारलाई पनि बढा¥यो । २०५३ फागुनमा दीपकजंग शाह र चव्रmबहादुर शाहीलाई अनुपस्थित गराएर गिरिजाप्रसाद कोइरालाले सत्ताच्यूत गरी देउबामाथि बदला लिए । यस्तो अस्थिरताको हुण्डरीकै बीचमा भारतले प्रचण्ड र बाबुरामलाई भारतको नोयडामा ठाउँ दिएर नेपालविरुद्ध रणनीतिक दासहरु तयार पा¥यो । यता सरकारबाट उखेलिने र फ्याँकिने सिलसिला चलिरह्यो । आफ्नो दलको संसदीय दलको नेता मनमोहन अधिकारीको अनादर गरी लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्रीको कुर्सीमा मूर्ति थपना गरी शक्तिशाली उपप्रधानमन्त्री तथा गृहमन्त्री हुनेदेखि एमाले विभाजनसम्मको हर्कतमा उत्रन उत्कर्षकालका वामदेव गौतमलाई कुनै शरम लागेन । चन्दलाई विस्थापन गर्न राप्रपाकै नेता सूर्यबहादुर थापा अघि सरे । सुरुमा सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाउने गिरिजाप्रसाद कोइराला २०५४ सालमा एमाले विभाजित भएपछि स्वयं प्रधानमन्त्री बने । २०५६ सालमा बहुमत पाएपनि कांग्रेसले राजनीतिक स्थिरता दिन सकेन । तीन वर्षमा क्रमैले कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउबा प्रधानमन्त्री पदबाट पदच्यूत भए ।

राजाले संविधान कुल्चेर सत्ता हत्याए पनि कठपुतली सरकार आउने जाने व्रmम चलिरह्यो । राजाले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा, शेरबहादुर देउबालाई ल्याउने र फ्याँक्ने व्रिmया जारी राखे र अन्ततः जनताबाट आफै फ्याँकिन पुगे । सेनापतिसँगको अनावश्यक इगो बहाना भए पनि एमाले र फोरमको बलियो साथ पाएर प्रचण्डका उफ्रिखेल्ने कुम बिस्तारै सुस्ताउदै जानुको मूल कारण अर्कै थियो । सत्ता कब्जा गरी जनवादी सत्ता र अधिनायकवाद स्थापना गर्ने बेइमानीपूर्ण नियतले प्रचण्डलाई पुनमुर्सिको भव बनायो । अरुलाई कुर्बानीको पाठ पढाएर अकालमै मृत्युको मुखमा धकेल्न माहिर प्रचण्डमा परिआउँदा एक बघिनी आमाको दूध खाएका महशूर सेनापति रुक्माङ्गद कटवालको सामना गर्ने हिम्मत भएन । सन् १९७३ को सैनिक कुमा चिलीका राष्ट्रपति साल्भाडोर एलेण्डेले मृत्यु रोजे तर आत्मसमर्पण गरेनन् । तर प्रचण्डले ज्यान प्यारो मान्दा सत्ता त गुम्यो नै माओवादीको दिलमा रहेको प्रचण्डको राज पनि समाप्त भयो ।

राष्ट्रपति नदिएको झोकमा अवसरवादी कित्ताबाट जीपी र केपीको लोकतान्त्रिक कित्तामा उभिएका माधव नेपाललाई प्रधानमन्त्रीको लोटरी प¥यो । काँडा निकाल्न काँडैको प्रयोग नीति अख्तियार गरी झलनाथ उचालेर माधवलाई पदच्यूत गर्ने दाउमा रहेका प्रचण्डलाई रोक्न ओली एक्लैको जोर चलेन । अन्ततः माधव, झलनाथ र बाबुरामलाई व्रmमैले सत्ताच्यूत गर्नका निम्ति प्रचण्डलाई बहाना पनि भेटिए र सफलतामा पनि मिल्यो । सुशील कोइराला र केपी ओली बीच दरार ल्याउनमा पनि देउबा र दाहाललाई सफलता मिल्यो । २०७३ सालमा र यस पटक केपी ओलीलाई सरकारबाट विस्थापपन गर्नमा पनि देउबा र दाहालको चोचोमोचोले काम पाएको छ । एमाले बिरुद्ध पछिल्लो चव्रmव्यूह रच्ने व्रmममा देउबा, दाहाल, नेपाल, खनाल, गौतम र भट्टराईको संगठित र नियोजित हमला जुन देखियो, यसबाट अस्थिरताका कारकतत्वहरु जनताले देखिने गरी उदांग भए । छ जना नेतामा आफ्नो अस्थिर चरित्रप्रति जनता सामु नत माफी माग्ने ज्ञान छ नत कलंकित इतिहासप्रति लाजघिन नै शेष रहेको छ ।

जननेता मदन भण्डारी छँदासम्म एमालेमूलका पाटने प्रधानहरु उपाय नलागेर अजिंगरले आहार पर्खे जस्तै शालीनमुद्रामा लिन थिए । मनमोहन छँदासम्म पनि उनीहरुको हर्कतको स्तर सुरुवाती अवस्था वा छिपछिपे चरणमै थियो । मदन र मनमोहन दुबै नरहेपछि उनीहरुको अनैतिक हर्कतले सीमा नाँघ्यो । एमालेको दियोको तेल सकिएको रहेन छ । विस्तारै एमालेले पनि उनीहरुलाई दण्डित गर्ने हैसियतको विकास ग¥यो । एकातिर एमाले भित्रकै पाटने प्रधानलाई दण्डित गर्ने र अर्कोतर्फ माओवादी र कांग्रेस कित्ताका पाटने प्रधानसँग पंंगा लिने क्रममै २०६४ सालमा धरमराएको एमाले २०७० सालमा उठ्यो । एमालेको बुटवल महाधिवेशनमा बहुमत केन्द्रीय सदस्य र काठमाण्डौं महाधिवेशनले नेतृत्व सहित बहुमत केन्द्रीय सदस्य चाहे जस्तो आएपछि माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमको स्वेच्छाचारितामा लगाम नलागेको होइन तर प्रचण्ड समेत थपिएपछि ऋणात्मकताको बढोत्तरी धान्न एमाले चेतलाई धौधौ पर्यो ।

कांग्रेसमूलका पाटने प्रधान शेरबहादुर देउबाको अस्थिरतावादी भाइरस जुनीको आरोह अवरोहपूर्ण यात्रा पनि विभत्सपूर्ण छ । छत्तीसेकालमा सुसुप्त, संकटकालको बेला उत्कर्ष र दुई कांग्रेसको एकीकरणको बेला दण्डित भएको कांग्रेसभित्रको देउबा ब्राण्डको पाटने प्रधान प्रवृत्ति गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको मृत्युसँगै फेरि जमेको छ । बेला बेला अपवित्र गठबन्धन गरी एमालेलाई सत्ता बाहिर पारेकोमा घिरौला जत्रो नाक गरे पनि वास्तवमा देउबा मोडेलको पाटने प्रधान प्रवृत्तिबाट कांग्रेस आफै दण्डित भएको छ र अन्यायमा परेको छ । अटल कांग्रेस पार्टी फोरुवा तान्त्रिक कांग्रेसबाट शासित हुनु बीपी, जीपी र सुशील कोइरालाको विरासत माथिको ब्यंग्य हो । कांग्रेसको लोकतान्त्रिक विरासत नै मास्ने र मौलिकता नै मर्ने गरी कांग्रेस फोरेर नेपाली कांग्रेस प्रजातान्त्रिक बनाएको कालो इतिहासधारी शेरबहादुर देउबा र विजयकुमार गच्छेदारको कलापूर्ण बिच्छेद र एकताको नाटक र माकुरेजालमा कांग्रेस जस्तो गर्बिलो इतिहास बोकेको पार्टी जेलिएको छ र कैद छ ।

२०५२ सालदेखिको अस्थिर राजनीतिको बाहक तत्व भए पनि प्रचण्ड र बाबुराममा जिम्मेवारीबाट पन्छिने निपूर्णता देखियो । योगमतीको नायबीकालका पाटने प्रधान जस्तै आफुहरु २०६२ सालसम्म संस्थापन पक्ष नभएको भन्दै माओवादी कित्ताका पाटने प्रधान पन्छिन सफल भए । माओवादीको नोयडा धरातल सत्य थियो भने नुवागाउँ धरातल मिथ्या थियो । जब झुट सतहमा आयो तब माओवादी कित्ताका पाटने प्रधानहरु अस्थिरताका भाइरसको सक्कली अनुहारमा आए ।

राजा जनप्रिय हुनुहुँदैन, टाठाबाठाको लैनोभैसी वा कल्पवृक्ष बन्नुपर्छ भन्ने निष्कर्ष पाटने प्रधानको थियो । सरकार जनताप्रति होइन केही राष्ट्रिय आवाराप्रति समर्पित हुनैपर्छ भन्ने मतो आधुनिक पाटने प्रधानसँग छ । जनताप्रतिको बदमासी, अआस्था, अनिष्ठा र जनताको अदालतप्रतिको घोर अपमान, अरुचि र अविश्वास युगदेखि युगसम्मका पाटने प्रधानहरुमा पाइने समानखाले बैगुन, कृतघ्नता र विनाशकाले विपरीत बुद्धि हो । पाटने प्रधानका प्रेत्तात्मासँग निहुरिमुन्टी न हुनुभन्दा सरकारबाट बाहिरिने गरी जोखिम मोल्नु ओलीको जनताप्रति समर्पित राजनीतिको सबैभन्दा सुन्दर पक्ष हो । भक्तपुरका जनतालाई जस्तै पाटन जनतालाई अमन चयन दिन खोज्ने रणजित मल्ललाई पाटने प्रधानले आफ्नो लुटको स्वर्गको लागि बाधक ठानेर लखेटे जस्तै आधुनिक पाटने प्रधानहरु ओलीको जनप्रिय काम र ओलीप्रतिको जनलहर देखेर अत्तालिएकै छन् । बिगतमा एकअर्का विरुद्ध जस्तासुकै अपराध गर्न पछि नपरेका, हेगको यात्राका भागेदार पात्रहरु ओली नेतृत्वको विकास र समृद्धि अभियान रुपी यज्ञ विध्वंश गर्न जनताबाट दण्डित नहुदासम्म गरिनै रहने छन् ।
हरेक समस्याको समाधान हुन्छ । इतिहासका हरेक खलनायकको विसर्जन गर्न महानायकको उदय भएको हुन्छ ।

पाटने प्रधानलाई दण्डित गर्न इतिहासले गोर्खाको लय, गति र उन्नति पर्खनु प¥यो । आधुनिक पाटने प्रधानहरुलाई पूर्णविराम लगाउन भूराजनीतिक खेलका खेलाडीहरु अर्कै खेलोमेलोमा छन् । घरेलु रुपमा जनताको अदालत भूराजनीतिक दाउपेच भन्दा अगाडि छ । पतनको मुखमा पुगिसकेका आधुनिक पाटने प्रधानहरुलाई दण्डित गर्न जनताको अदालतले एमाले जन्माइसकेको छ । २०७४ सालदेखि नेपाली धरतीमा उठेको ओली लहर र विभाजनका बाबजुद यस पटकको स्थानीय चुनावमा एमालेले पाएको लोकप्रिय जनमत र संघ र प्रदेशको चुनावमा माओवादी र समाजवादीलाई चाहेर पनि बचाउन नसक्ने मजबुत आधार आधुनिक पाटने प्रधानको टाउकोमा कालले लगाएको ध्वजा हो ।

नेपालको मेरुदण्ड
भारतीय नाकाबन्दीपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नेपालमा राष्ट्रियताको आन्दोलन उत्कर्षमा पुग्यो । चालीस महिने शासनकालमा ओली सरकारले मातृभूमि नेपालको जीर्णोद्धार ग¥यो । देशभक्त, लोकतान्त्रिक, प्रगतिशील नेतृत्वले मात्र नेपालको राष्ट्रियताको जगेर्ना गर्छ भन्ने सच्चाईँ एमालेको पछिल्लो सत्तारोहण यात्राले पुष्टि ग¥यो । छोटै समयमा नेपालको राष्ट्रिय गौरवको उत्थान भएको छ । नेपाली गौरवको उत्थान संभव छ भन्ने आशा मरिसकेको स्थितिबाट महाशक्तिको टाउको दुखाई, जलन र ईश्र्याको विषय नेपाल र नेपाली बन्नु चानचुने छलाङ, प्रगति र उपलब्धि होइन । ओलीको उदयसँगै नेपाल र नेपालीका मरिसकेका आशा र सपनाहरुको पुनरोदय भएको छ । देशलाई उभिनै पर्ने यही सही लिकमा उभ्याउन सक्नु नै राजनेता ओलीले दिएको अद्वितीय देन हो ।

नेपालका हरेक देशभक्त शासकदेखि रिसाउने र उनीहरुलाई ठेगान लगाइदिने भारतको कुलत छ तर यस उपमहाद्विपका आधुनिक चाणक्य ओलीको शब्दकोसमा पनि हरेश, हार, डर र त्रास जस्ता शब्दहरु छैनन् । बरु हाकाहाकी सिंहमेव जयते होइन, सत्यमेव जयते भन्दै महाशक्तिलाई समेत हायलकायल, निरुपाय र निरुत्तर पार्ने कला र बानी छ । नेपाललाई आफ्नो मेरुदण्डमा उभिनु छ । नेपालले आफ्नो गति र लयसँग संझौता गर्नु छैन । यसका निमित्त आवश्यक पर्ने निम्नलिखित ५ पक्षहरुको मौजुदी नै ओलीको अभेद्य रक्षाकबच हो– (१) युग सापेक्ष नवीनतम विचार (२) सचेत, संगठित, साहसी, मेहनती र देशभक्त जनता (३) निर्लाेभी, निडर र निष्ठावान नेतृत्व (४) त्यस अनुकूलको विचार, जनाधार र सदाचारको व्यवस्थापन गर्न सक्ने सामथ्र्य र ईच्छाशक्ति भएको युग सुहाउदो राजनीतिक दल (५) मातृभूमिको साह्रो, गाह्रो, अफ्ठ्यारो, मर्म, संवेदना बुझेर सत्पात्रहरुलाई चिन्न र थाम्न सक्ने तथा खलपात्रहरुलाई चिन्न र डाम्न सक्ने अमूल्य चेत भएको कुशाग्र र तेज युवापुस्ता ।


ओली विरासत
नेकपा(एमाले) मूलतः मदन, मनमोहन र ओली त्रिकोणको निष्ठा र माधव, झलनाथ र वामदेव त्रिकोणको कुण्ठा बीचको टक्कर थियो । यिनै दुई त्रिकोणकै टक्करमा एमालेको पंति खारियो । निष्ठाले मदन, माधव र ओली बनाउँछ । नगदानगदीले उधारो नजान्ने माधव मोडेलको बिजोग थमाउँछ । माधव, झलनाथ र वामदेवहरु समयक्रममा शिव धनुषझै आफै मक्किएपछि आजको एमाले ओलीद्वारा एकलरुपमा प्रेरित, प्रशिक्षित, संरक्षित र निर्देशित छ । छोटो समयको मदन र मनमोहनको नेतृत्व एमाले पंत्तिको लागि भोकालाई खिर जस्तै तलतलकै अवस्थामा रह्यो । आवश्यक्ता नै आविष्कारको जननी हो । २०६५ सालको माओवादीको विजय उन्माद र २०७२ को भारतीय नाकाबन्दीले ओलीको व्यक्तित्व र नेतृत्वलाई प्रकाशमा ल्यायो । संकटको बेला ओली एमाले र नेपाली जनताको हातमा अमोघ अस्त्र बनेपछि विश्व समुदाय चकित पर्यो । देश सानो हुन सक्छ तर कुनै पनि देशको सार्वभौम सत्ता, त्यहाँका जनता, तिनले चुनेको नेता र तिनीहरुको हिम्मत, चेतना र रोजाई सानो हुँदैन भन्ने ओली डक्ट्रिन संसारभर फैलियो । यति बेलाको विश्व व्यवस्थाका हर्ताकर्ता अमेरिका र उसको एशियाली सहयोगी शक्ति भारत शस्त्र बलका पुटिन र शास्त्र बलका ओलीदेखि हायलकायल छन् ।

सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने अठोटलाई मियो बनाएको ओली विरासत नै केही वर्ष यता नेपालले पाएको महत्वपूर्ण प्राप्ती हो । प्रचण्डको जालमा परेर गिरिजाप्रसाद कोइराला देशको मियोको भूमिकाबाट विस्थापन भएपछि नेपालको लोकतन्त्र र लोकतन्त्रवादीहरुको दिनगन्ती सुरु भैसकेको थियो । प्रचण्डको अधिनायकवादी आकांक्षा अहिले जस्तो सुसुप्त, छद्म र मृतप्रायः अवस्थाको नभै जागृत रहेको बेला लोकतन्त्रवादीहरु च्याङकाई सेक र दलाई लामा हुने खतरा थियो । सौभाग्यवश नेपालको लोकतन्त्रवादी शिविरले ओलीको कुशल र जादुगरी नेतृत्व पायो । सेनापति काण्ड यता नेपाली जनता र ओलीको समन्ध बाघ र जंगल, बघिनी र डमरु वा भनौं पानी र माछाको जस्तो रहेको छ । संविधान निर्माण, विकासनिर्माण, समृद्धि अभियान, देशभक्ति र साँस्कृतिक राष्ट्रवादसम्म फैलिएको ओली विरासतको रक्षा गर्नमै प्रचण्ड र माधवको सुन्दर भविष्य सुरक्षित थियो ।

शक्ति राष्ट्रले खेल्ने भनेकै कमजोर देशका कमजोर तन्तुनेर हो । देशभक्तिको दायित्वबाट प्रचण्ड र माधव पिठ फर्काएर भाग्नुमा ओलीको अग्लो कदप्रतिको जलन र भारतीय हस्तक्षेपकारी चलनले एकैसाथ काम पाएका छन् । बाघले शिकार गर्नु अघि मृगको झुण्डमा घाइते, कमजोरतिर नजर केन्द्रित गरेझै हस्तक्षेपकारी राष्ट्रका आँखा पनि निर्वल देशका कमजोर तन्तुतिर केन्द्रित रहने गर्छन् । दिल्लीमुखी जुवामा कांग्रेस युगदेखि युगसम्म जोतिएकै थियो । कांग्रेसको जोडा बन्नलाई प्रचण्ड र माधव बीच उछिनपाछिन चलेको छ । विश्व वामपन्थी आन्दोलनका गद्दार शिरोमणि मिखाइल सेर्गई गोर्वाचोभको रेकर्ड तोड्ने इरादाका साथ प्रचण्ड र माधव देशभक्त धुरीबाट बाहिरिएर दिल्लीभक्त धुरीमा सामेल भएका छन् । ओली विरोधी चक्रव्यूहमा प्रचण्ड र माधवको सामेलीलाई भारतले शुरुदेखि नै पुट दिइरहेको छ ।

महाशक्तिको सामना
महाशक्तिको सामना चानचुने कुरा होइन । हिम्मत भएको सिंहले मात्र हात्तीमाथि हमला गर्ने हिम्मत राख्छ । बेलायत, चीन र रणजित सिंहकालीन पञ्जाव भारतसँग खाँडो पखालेको नेपाली जाति भारतसामु सिक्किम र भुटानझै सरिसृप बाबियो हुन तयार छैन । नेपाली स्वाभिमान सतिसालझै उभिन रुचाउँछ । देशभक्त र दलालहरुको जितहार चव्रm जस्तै घुम्छ । अफगानिस्तानका तालिवानहरुले आफ्नो देशलाई तहसनहस पारेर मात्र रुस र अमेरिकालाई घँुडा टेकाए, युव्रmेनी राष्ट्रपति भ्लादमिर जेलेन्स्की देश खरानी पारेर पनि सत्तामा टासिएकै छन् तर ओलीले सत्ताबाट हटेर पनि शक्ति राष्ट्र र तिनले सत्तामा थमाएका कठपुतली शासकका आँखाको कसिंगर भएर नेपालको स्वाभिमानको मेरुदण्डलाई मजबुत पारेको सत्यलाई जनताले बिर्सेका छैनन् । नेपालका बहुदलीय जनवादीहरुले देशलाई जोगाउँदै प्रत्येक्ष हस्तक्षेप भन्दा पनि घातक प्रकारको अप्रत्येक्ष हस्तक्षेप र सूक्ष्म व्यवस्थापन गर्न पल्केको भारतलाई घुँडा टेकाउने औकात राख्दछन् ।

नाकाबन्दीको दृढतापूर्वक सामना गरे पनि राजा वीरेन्द्र र मरिचमान सिंहको जोडाले एकप्रकारले भारतसामु घुँडा टेक्नु परेको थियो । तर नेपालका सचेत जनता र साहसी प्रधानमन्त्री ओलीको जोडा मिलेकाले २०७२ सालको नाकाबन्दी उल्टै दिल्ली र नेपालका दिल्लीमुखी दलालका लागि महंगो साबित भयो । आज नाकाबन्दीको सन्दर्भ सकिएको छ तर भारत र उसका कम्फरटेबल नोकरलाई देशभक्ति त नाकााबन्दीको बेला मात्र चाहिने अस्त्र हो भनेर विषयान्तर गर्न भ्याइनभ्याई छ । नाकाबन्दीको सन्दर्भ सकिन सक्छ तर देशभक्तिको सन्दर्भ कहिलै सकिदैन । ओली बिरोधी खेमा नाकाबन्दी सकिएसँगै देशभक्तिपूर्ण आन्दोलनको पनि औचित्य सकिएको भ्रम छर्न कम्मर कसेर लागेको छ । सजगता र चेत सदावहार कुरा हुन् । प्रचण्ड र माधवलाई भारतले नेपालीको देशभक्ति रुपी सूर्य छोप्ने हत्केलाका रुपमा तयार पारेको छ । माधवको त बेतियाको धमिलो मुहान नै समस्याको पोको थियो । नेपालको सत्तामा पुग्न र टिक्न भारतको आशीर्वाद भए पुग्छ; नेपाली जनता केही पनि होइनन् भन्ने विनाशकाले विपरीत बुद्धिले डेरा जमाएको कांग्रेसलाई उछिन्ने गरी प्रचण्डले आँट गलाउनुमा पाँच वटा प्रमुख कारणले काम गरेका छन् ।

पहिलो त प्रचण्डले आफु रुकुम, रोल्पाबाट उठेको भनेर पेडा खाएको भ्रम छरे पनि नोयडा शरणको आलु खाएको वास्तविकता घाम जस्तै छर्लंग भैसकेको छ । दोश्रो, भारत वा चीन मध्ये एकको आश्रयमा रहेर अधिनायकवादी शासक बन्ने सपना सेनापति काण्डको बेला ध्वंस्त भएपछि प्रचण्डलाई आफ्नो औकात र हैसियतमा आएको गिरावटको स्वरुप मृग मार्न सक्ने सामथ्र्य गुमाएर फटिंग्रा छोपेर गुजारा चलाइरहेको जर्जर कायाको बुढो, रोगी र घाइते बाघको जस्तो रहेको राम्रैसँग थाह छ । तेश्रो कारण उनको परिवारिक महत्वाकांक्षामाथि परेको बज्रपात हो । उत्तर कोरियामा जस्तै सके देशभर, नभए आफ्नो पार्टीमा किम राजतन्त्र जस्तै दाहाल वंशको अभ्यास गर्ने प्रचण्डको अतिरिक्त ईच्छा प्रकाश दाहालको मृत्युले गर्दा धरापमा परेको छ । अहिले उक्त महत्वाकांक्षाको आकाशे खेतीले प्रचण्डको ढल्दो उमेर र बालक नातिको हुर्कदो उमेरको ग्याप भोग्न बाध्य हुनुपरेको छ । चौथो कारण हो प्रचण्डका आफ्नो प्रशंसा समूहको औकात, हैसियत र सामथ्र्यमा आएको गिरावट वा फौजी चरित्र र जनताको दिल जित्ने प्रतिष्पर्धाको राजनीति बीचको कहालीलाग्दो दरारको विद्यमानता । पाँचौं हो, माओवादी नेतृत्व र संगठनप्रति आमजनतामा बढेको कोप, वितृष्णा र घृणा । यी सबै पक्षको अध्ययन र विश्लेषणपछि प्रचण्ड जस्तो आत्मकेन्द्रीत र चतूर नेतालाई लागेको देखिन्छ– ‘बहुदलीय जनवादीहरुसामु पुस्ता पुस्ताको र युगदेखि युगसम्मको टक्करमा आफ्नो समूहको सिप चल्ने छाँटकाँट छैन ।’

तालिबानको हिम्मत बल ! एमालेको विचार बल !
जनताको बहुदलीय जनवाद जसले युवाहरुको हरेक पुस्तालाई माक्र्सवादको रचनात्मक प्रयोग र विकासको सही लिकमा उभ्याउँछ नै, यस बाहेक यसले एकांगी नभै समग्रतामा ध्यान दिन सिकाउँछ । अफगानिस्तान र नेपाल जस्ता भूरानीतिक दाउपेचको सघन प्रभाव रहेको क्षेत्रका नागरिकले एउटै वाद, दर्शन र आदर्शमा कैद भएर काम चल्दैन । युवाहरुको हरेक पुस्तालाई माक्र्सवादबाट निर्दैशित रहेर समानता र श्रमको पक्षमा दृढतापूर्वक उभिने, कुृष्णजस्तै निर्लोभी र निडर भएर खलपात्रमाथि कालदण्ड बन्ने, आफ्ना लागि कुनै अतिरिक्त चाहना नराखी बुद्ध जस्तै शान्ति प्रिय हुने, चाणक्य जस्तै देश, काल, परिस्थितिप्रति सजग, चतूर; जनताको शास्त्र शक्ति र शस्त्र शक्ति संगठित गर्ने, जनताको शक्तिमा विश्वास गर्ने कलामा बहुदलीय जनवादीहरु अभ्यस्त पार्नु छ । बहुदलीय जनवादीहरुसँग जनताको आशीस थाप्तै अघि बढ्दै गर्ने जीवनशैली छ । जनतालाई बघिनी बनाएर आफु डमरु जस्तै सुरक्षित रहने कला भएका कारण बहुदलीय जनवादीहरु सामु नेपालमा दिल्लीमुखी सिल्लीहरु त के दिल्ली स्वयंको पनि सिप नचलेको सिलसिला छ । यसरी भारतले नेपालमा भियतनाम युद्धको अमेरिका र अफगानिस्तानमाथिको हस्तक्षेपमा रुस र अमेरिकाले खानु परेको घनचक्कर भोग्नुको बिकल्प छैन ।

भारतले नेपालको उ्रन्नतिमा बाधा हालेको छ । अस्थिरतामा मात्र नेपालको शक्ति ऐठन संभव छ भन्ने भारतले जानेको छ । भारतले चाहेको अस्थिरता नेकपाको विघठन नगराई संभव थिइन । अस्थिरताको जरो उखेल्ने सामथ्र्य राख्ने भएकाले नै विघठित नेकपाको सर्वनाश मोदी प्रशासनको अर्जुनदृष्टिमा परेको थियो । तीन दशक माओवादीमा सर्वेसर्वा भैसकेका प्रचण्ड, त्यतिनै समयसम्म एमालेमा आलोपालो रजगज गरेका माधव नेपाल र झलनाथ खनाल, महत्वाकांक्षा र अधैर्यता यी तिनैमा भन्दा दोब्बर भए पनि आफ्नै अनेकन आत्मघाती फण्डाले गर्दा थचारिएका वामदेव गौतम रुपी कमजोर कडी चिन्न मोदी प्रशासनलाई समय लागेन । दूईतिहाई बहुमतको बलमा केपी शर्मा ओलीको नेतृत्वमा नेपालमा स्थिर सरकार बनेपछि नै भारतेली शासक वर्गको निद्रा हराइसकेको थियो । नेपालको उन्नति, प्रगति, लय र गतिले भारतको शक्ति सन्तुलनमा पर्ने असरबारे भारतेली शासक वर्ग सँधै सजग रहने नै भयो ।

तालिबानहरुले देश तहसनहस पारेर मात्र रुस र अमेरिकालाई एक प्रकारले हराए तर बहुदलीय जनवादीहरुसँग अयोध्याको एउटा सिन्कोसम्म क्षति नुपुगाएर लंकायुद्ध जित्ने रामको जस्तै रणनीतिक युद्ध जित्ने कला छ । तालिबानहरुसँग आतंकवादी हमलाको दाग छ तर एमाले शरीरमा प्रचण्डले माओवादी आवरणमा कमाएको कुख्यातिका बाछिटाहरु छैनन् । यसरी हिम्मत बल र शस्त्र बलका तालिबान भन्दा सत्य, इमान, हिम्मत र शास्त्र वलका बहुदलीय जनवादीहरु भारतका लागि जलनका विषय बनेका छन् ।
समृद्धिको सपना ध्वंश
भावी नेपालको सुन्दर मानचित्र बहुदलीय जनवादीहरुसँग मात्र छ । समृद्धिको यस महाअभियानमा अब कुनै जमिन्दारले सेरोफेरो भरिको जमिन अनुत्पादक ढंंगले बाँझो छोड्न पाउने छैन । मेहनती किसानले पुग्दो जमिन नपाउनुको सास्ती खेप्नु पर्ने छैन । नदीहरुले मनलाग्दी ढंगले जमिन बगर बनाउन पाउने छैनन्, तटबन्दीमा परेर सिधै परेड खेल्नु पर्ने छ । मेचीदेखि महाकालीसम्मका नदीबाट प्रभावित बाढीक्षेत्रमा मात्र नेपालको आधा जनसंख्यालाई खान पुग्ने जमिन उपयोगमा ल्याउन सकिने छ । खाद्य, वाली नगदे बाली, पशु फार्म, घाँस उत्पादन सहितको एकीकृत उत्पादन र शहरीकरणलाई सँगसँगै लगिने छ । सडक संञ्जाल विद्युतीकरण, सिँचाई आयोजनाको ओली सरकारले ल्याएको उछालले गरीवको घरको छाना फेरिने भयो, माना बढ्ने भयो र नाना फेरिने भयो भनेर कांग्रेसलाई चिन्ता थियो । गरिवको उत्थान हुँदा हली गोठाला नपाइने चिन्ताले कांग्रेसजनको निदहराम भएकै थियो । वामपन्थी आन्दोलनमा हरियो घाँसमा हरियो सर्प घुसेझै छिपिएर बसेका माधव, झलनाथ, वामदेव ब्राण्डका अवसरवादी पनि थपिएपछि नेपाली जनताको समृद्धिको सपना बिथोलिएको छ ।

भूमिको व्यवस्थापनबाट एकातिर सामाजिक न्याय कायम हुने र अर्को कृषि, उद्योग, बजार व्यवस्था, ग्रामीण विकासमा टेवा पुग्ने देखेर भूमि आयोग खारेज गरियो । तराईमा भारतीयको बाहुल्यता बनाउने भारतीय स्वार्थ र जमिन्दारको पार्टी नेपाली कांग्रेसको स्वार्थ मिलेका कारण त्यहाँ विकास र न्याय हुन सकेको थिएन । तराईको एकीकृत विकास हुँदा गरिव र राष्ट्रिय पूँजीपति वर्ग दुबैको हित हुनेर नेपालको आर्थिक बृद्धि हुने देखेर नेपालका घरेलु र बाह्य दुष्मनहरु सव्रिmय भए, जाल रचे र बहुदलीय जनवादीहरु विरुद्ध एककठ्ठा भए ।

मातृभूमि वा मोदी ? जनतासँग रोज्नेलाई तेश्रो बिकल्प छैन । नाकाबन्दी कार्डलाई म्याद सकिएको औषधी सरह पार्न इतिहासले सचेत जनता र साहसी प्रधानमन्त्रीको उदय र उपस्थिति खोजिरहेको थियो । ओली नेतृत्वको नेपाल र नेपालीले भारतीय नाकाबन्दीको धामसलाई रद्दीको टोकरीमा मिल्काइदिएको बदला स्वरुप कठपुतली कार्डको प्रयोगमा भारत उत्रियो । यस मोदी, माओवादी र माधव गठजोडको अन्तिम परिणति प्रचण्डबाट माधव ठगिनु, कांग्रेसवाट वामपन्थी ठगिनु र भारतबाट नेपाल ठगिनु नै थियो । स्थानीय चुनावको परिणमले यही देखाएको छ । पञ्चतन्त्रको कथामा ठगिएकी बेश्याको कथा छ । धनाढ्य बुढो लोग्नेकी जवान श्रीमति तरुनो नोकरसँग घरको धनमाल चोरेर अँधरी रातको मौका छोपेर भाग्छे । ऐश आराम, भोगविलाश र रसिकता भन्दा धन कमाउने दाउमा रहेको नोकर एक डाँका परेछ । डाँका तरुनी आइमाईका गहनापात, धनमाल राखिएको बाकस र पहिरिएका मूल्यवान लुगा कपडा खोसेर बाटो लाग्छ । तरुनो लोग्नेसँग झकास जिन्दगी बिताउने लोभले डाँकाको फन्दामा परेकी आइमाई रातको समयमा अघोर जंगलमा अलपत्र पर्छे ।

प्रचण्डको सुम्सुम्याएर सिध्याउने ब्वाँसेनीतिको फन्दामा परेर माधव नेपालले आफुसहित एमालेलाई २०६४ सालमा ठगिएकी बेश्याको हालतमा पारेको धेरै भएको छैन । एमालेको दियोको तेल सकिएको रहेनछ । जनताको अनुकम्पा र युवापुस्ताको सौर्यका कारण एमालेले पुनर्जीवन पायो । यसमा खासै मेहनत नपरेकोमा माधव नेपालमा भरपूर कुण्ठा थियो । ओलीको साहसी नेतृत्वमा रहँदा एमालेले देखाएको जादु भनेकै प्रचण्डको आकार र ओझ घटाइदिनु हो । कांग्रेसको ज्यान लिने कालदण्डबाट प्रचण्डलाई देउबाको दर्बानको तहमा ओर्लन बाध्य पार्नु चानचुने चमत्कार होइन । अरुलाई रुवाउने प्रचण्ड हरेक भाषणमा रुन्चे बन्नु र वामदेवहरुलाई लखेट्ने माधव आफै भगौडो हुनु एमालेको दिग्विजयका सूचक हुन् । गिरिजाप्रसादलाई ठग्ने प्रचण्ड देउबालाई ढोग्दै छन् । ओलीले प्रचण्डलाई थमाएको महापतनको स्वरुप यस्तो छ । ओलीको नेतृत्वमा नेपालको राष्ट्रिय गौरबको उत्थान भएकोमा नरुचेर विरोधी गठबन्धन मोदी शरण गच्छामीको तहमा उत्रिएको छ । कठपुतली गठबन्धन मातृभूमिलाई ठगिएकी बेश्याको हातलमा पुगाउन तन, मन र बचनले लागिपरेको छ । जनताको चेतनासँग गरेको यो हँसिमजाक सत्तारुढ गठबन्धनले आफ्नै लागि खनेको चिहान हो ।

राष्ट्ररक्षा र लेण्डुपदोर्जेको आविस्कार
गीतामा भनिएको छ– ‘गलत दिशातिर भड्किरहेको मन खराव शत्रु भन्दा घातक हुन्छ ।’
गलत दिशातिर भड्किएको प्रचण्डको मुडको शिकार अनाहकमा नेपालले हुनुपरेको छ । विगत तीन दशक यता नेपालले भेग्नुपरेको सास्तीको गाँठो प्रचण्डले लिएको गलत दिशा र विपरीत बुद्धिनेर परेको छ । नेपालबाट भड्किएर भारत गुहार्ने र भारतबाट बिभिण्डिएर एमाले र कांग्रेस गुहार्ने, भारतलाई धम्काउन चिनियाँ कार्ड, चीनलाई चिडाउन भारतको महिमा गान प्रचण्ड अस्थिरताका झाँकीहरु हुन् । दुःखी आत्माले नेपालको थाप्लोमा बर्बादी मात्र थोपरेको छ । प्रचण्डको भड्किएको मन र यसले पारेको बिगार जान्न र भण्डाफोर गर्न प्रचण्ड सम्मेलनको आवश्यक छ ।

कि बिगार्छ आकाशको गड्कने कि बिगार्छ धरतीको भड्कने । आफ्नो बलबुत्तामा विश्वास नगर्ने, शक्ति प्राप्तीका लागि विदेशी र विपार्टीको पाऊ मल्ने, धैर्यको सट्टा भड्काऊको भाषा बोल्ने गलत राजनीतिक कार्यशैलीले गर्दा नेपालको राजनीति धमिलिएको छ । संयोग नै भनौं वर्तमान सत्ता गठबन्धनका प्रायः सबै हस्तीहरुको उठान भड्कावलाई सोपान बनाएर भएको छ । शेरबहादुर देउबा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, वाबुराम भट्टराई वामदेव गौतम सबै पार्टी फोरुवा परेका छन् । लोकतन्त्रलाई काँध थाप्न बलियो लोकतान्त्रिक दलको दरकार पर्छ । सत्तारुढ दलका प्रमुख हस्तीहरुले भने महत्वाकांक्षामा ठेस पुग्दा मातृपार्टीलाई माकुरी माऊझै खाइसिध्याउने गरेका छन् । सत्ता गठबन्धनका हस्तीहरु राजनीतिलाई सन्तान दरसन्तान धनकुबेर बनाउने र आम जनताको खल्ती रित्याउने कारखाना बनाएका छन् ।

देशको अगुवाले गर्ने असल र खराब आचरण र कर्मको सिको युवापुस्ताले गर्छ । राष्ट्रिय आवाराको नक्कल गर्नबाट युवापुस्तालाई बचाउने चुनौती थपिपएको छ । देशमा स्वास्नी सिँगार्ने देश बिगार्नेको जमात बढ्नुको मुल कारण चुनाबमा पार्टी फोरुवाहरु यथोचित मात्रामा जनताबाट दण्डित नहुनु हो । अझ भारतीय रुचिका मोहोरा बनेको भए पनि प्रचण्ड र उनको पार्टी लगातार सरकार टाक्सिने गरेको छ । एमाले र कांग्रेसले एकअर्कालाई ढाल्न भरुवा पेस्तोलका रुपमा प्रचण्डलाई उपयोग गर्दा राष्ट्रिय चेत र देशभक्ति तपसिलमा पर्ने खतरा बढेको छ । मतलब लुटने तर कुन घट्टमा कति बेला पिसिने हो थाह नपाउने घुनको चेतले देश बनाउँन न बचाउँन सकिर्दन । घुनमती र हीनमतीले उत्थान होइन पतनसम्म पु¥याउँछ । देशको निरन्तर उत्थान गर्नु छ भने हरेक नागरिकमा मौरीको जस्तै कर्म र कुर्बानीधर्मको चेतना हुनुपर्छ । राष्ट्रिय आवाराहरुको जमात नेपाल जस्तो कमजोर र संवेदनशी भूराजनीति भएका मुलुकका निम्ति मुटु नजिकै पुगेको छुरा जस्तै घातक हुन्छ ।

संविधानसभा र लेण्डुप दोर्जेलाई माध्यम बनाएर भारतले सिक्किम हडपेको थियो । नेपालको संविधान सभा पनि नेपालकै बिरुद्धमा भारतले प्रयोग गरेको एक कपटपूर्ण किल्ला थियो । नेपाल नामेट पार्नका लागि एक खतरनाक मोहराका रुपमा प्रचण्डको आविस्कार गरिएको थियो । नोयडामा रहिसको जस्तो ठाँटबाँठले राखेर प्रचण्डको लालनपालन भारतीय संस्थापनले ठूलै घातक लक्ष्य लिएर विशेष हिसाबकिताब सहित गरेको थियो । भारतीय संस्थापनले प्रचण्डलाई रिसाएनि आफ्नै ठान्छ, खुशी हँुदा नि आफ्नै भन्छ । किनभने मिसन अस्तव्यस्तको गाडा तान्ने यतिको बलियो घोडा अर्काे भेटिन असंभव छ । लेनिनको भनाइमा इतिहासमा घटनाहरु हुबहु दोहोरिदैनन् बरु एकपटक दुःखान्त नाटकको रुपमा अर्काे पटक त्यसको भद्दा कार्टुनको रुपमा दोहरिन्छन् । सकभर नेपाल हडप्ने, त्यो नभए विखण्डन गर्ने र त्यो पनि नभए अस्तव्यस्त पार्ने भारतीय मिसन पुरा भएन । भारतीय लगानी डुब्यो । अन्यथा नेपालको संविधान बन्दा र घोषणा हुँदा भारतको टाउको दुख्नुपर्ने र विशेषदूत नेपाल आइहाल्नुपर्ने जरुरत थिएन । नेपालका ग्रहदशा बलिया रहेछन् । भाग्यले साथ दियो । अविछिन्न अस्तित्वको अखण्डज्योति निभेन । नेपाली जनताको चेतना र देशभक्तिका सामु साजिसको सिप चलेन । एक ठूलो खट्कोबाट नेपाल जोगियो ।

षडयन्त्रपूर्वक गरिएको काम अनिष्टकारी हुन्छ । चोरहरु चोर्ने बेला एकमत हुन्छन् तर भागबन्डाको बेला झगडा गर्छन् । संयोगवश सेनापति काण्डमा आएर भारत र प्रचण्डबीच दोहोरो शंका पैदा भयो । सत्ताकब्जा गरिसकेपछि भारतभक्ति जारी राख्ने प्रचण्डको उधारो आश्वासनमा भारतीय संस्थापन ढुक्क हुन सकेन । चाइना कार्ड प्रचण्डको देखाउने दाँत मात्र हो भन्ने जान्दाजान्दै पनि भारतीय संस्थापनले नेपालको लोकतन्त्रलाई साथ दिएको नाटक गरेर कांग्रेसलाई पनि काखी च्याप्न थाल्यो । अविवेकीको पतन अनेक प्रकारले हुन्छ ।

चाइना कार्ड प्रयोग गरी ब्ल्याकमेलको भाषा बोलिरहेका प्रचण्ड सेनापति काण्डमा गएर बजारिन र थचारिन पुगे । जुन काण्डले गर्दा प्रचण्डलाई फेरि उठ्नै नसक्ने गरी धरासयी पा¥यो । तत्कालिन सेनापति रुक्मांगद कटवाल लोभी र डरपोक नहुनुको मार र भार थेग्ने औकात प्रचण्डमा देखिएन । रिस, असहिष्णृता, कपट र कृतघ्नताको गोदाम भएर पनि प्रचण्डमा त्याग, दया, धैर्य, सौर्य, साहस र कुर्बानीको अभाव हुनुको एकमुष्ट झटारोले प्रचण्डको शेखी र महत्वाकांक्षालाई भुईँको बास गरायो । प्रधानमन्त्रीबाट प्रचण्डको पदच्यूतीको स्वरुप यस्तो निर्मम भयो कि जो प्रधानमन्त्रीको सामान्य खालको फेरबदली जस्तो थिएन । यसरी नेपालको सौभाग्यले गर्दा भारतको मिसन संविधानसभा र लेण्डुदोर्जे दोश्रोको मिसन नेपालमा विफल हुने आधार खडा भयो ।

जननेता मदन भण्डारी भन्नुहुन्थ्यो– ‘राजनीति ढाँटठगको विषय होइन, खुल्ला र स्पष्ट हुनुपर्छ ।’ लिम्पियाधुरा समेटिएको नक्शा छापिएपछि नेपालमा देशभक्तिको खुला र स्पष्ट राजनीति एकातिर छ भने अर्काेतिर राष्ट्ररक्षा र देशभक्तिलाई विषयान्तर गर्ने कठपुतलीका रुपमा देउबा, प्रचण्ड र माधवहरुले मात्र नपुगेर स्वतन्त्रको बिल्लाधारी लघुप्रचण्डहरुको बिस्कुन लगाइएको छ । उर्लिएको ओली लहरलाई रोक्न घेराबन्दी, विभाजन र स्वतन्त्रहरुको त्रिआमिक चव्रmब्यूह रचिएको छ । नेपालको जीवनरथ नेपाली जनताको सर्वाेच्चता, बलबुत्ता र रोजाईको लिकमा उभ्याएर गुड्नु पर्छ भन्ने मदन मिसन र भारतीय रुचि बीच बिगत तीन दशकदेखि पेचिलो द्वन्द्व छ । भारतीय हैकम, हस्तक्षेप र नेपालभित्र छरिएका दलाल र प्रयोग गरिएका कठपुतलीहरुको घेरा तोड्ने रामबाण भनेकै सचेत र देशभक्त जनमत हो । नेपालमा नेपाली जनताको शान, स्वाभिमान र सर्वाेच्चता स्थापित गर्नमै जननेता मदन भण्डारीको सिंगो जीवन खपत भएको छ । वास्तवमा भन्ने हो भने मदनको यही ह्याउ, हुती, मती, गति र सरस्वती नै आधुनिक नेपालको जीवनरस हो ।
इमान्दारिता नै उत्तम नीति हो ।

संविधान सभाको माग र प्रचण्डको आविस्कार गरिएकै बेला नेपाली जनताको साथमा नियत बांगो नभएका नेपाल आमाका सपूतहरुको बाहुल्यता र दब्दबा रहेको राजनीतिक दलका रुपमा नेकपा(एमाले) मौजुदी रह्यो । जननेता मदन भण्डारीबाट प्रेरित एमालेको युवापुस्ताले एकातिर कांग्रेस र माओवादीेलाई भारतीय रुचिको गाडामा गोरु भएर नारिन दिएन भने अर्काेतिर माधव, झलनाथ र वामदेवहरुबाटको घेराबन्दीको सामना गरिरहेका ओलीको पल्ला भारी पार्दै आन्तरिक शक्तिऐठन झेलिरहेको एमालेको पोल्टामा पुनरोदय र स्वभाविक लयको सौभाग्य थमाउन सक्यो । राष्ट्ररक्षा र देशभक्ति एक जटिल साधना हो । जनता नजुटाएर, फुटेका मनहरु नसिलाएर, दिल, दिमाग, दृष्टिकोण, दम, द्रव्य र दलबलको जोहो नगरेर साँचो लोकतन्त्र र स्वाभिमान रक्षाको महायज्ञ संभव हुँदैन । नेपाल र नेपालीको अविछिन्न अस्तित्वको लागि शस्त्रवल र शास्त्रबलको जोहो गर्न सक्ने एक लोकतान्त्रिक, देशभक्त र प्रगतिशील राजनीतिक दल इतिहासको माग थियो ।

मदन हत्या, मनमोहनको अवशान र माधव, झलनाथ र वामदेवहरुबाटको शक्ति ऐठन र गद्दारीका तगारा तोड्दै ओलीको उदय, ओली लहर र अझ भन्ने भने ओली युगसम्मको एमालेको युगान्तकारी छलाङले इतिहासको माग पूर्ति गरेको छ । नेपालको जनमतको प्रमुख ब्राण्ड नै ओली लहर हो । पार्टी फुटेको वर्ष छ लाख जनमत थप्ने राजनीतिक कीर्तिमान ओली नेतृत्वको एमालेको नाममा छ । २०७४ सालको चुनावमा एमालेले ३२ लाख मत पाएको थियो । अहिले एमालेले ३८ लाख, समाजवादीले चार लाख र कांग्रेस र माओवादीमा गएको समाजवादीको पाँच लाख जोड्ने हो भने करिब ५० लाख हाराहारी पुग्छ । तीन वर्षे शासनकालमा ओलीले १८ लाख मत बढेछ । ओलीले जनमत बढाएको जलन र ईश्याले प्रचण्ड र माधवले ओलीका बिरुद्ध १९ बुँदे आरोप पत्र लेखेर नेकपा विभाजित गरेको प्रष्ट भयो । ओली लहरको उछाल देशको चुनौतिको सापेक्षतामा पर्याप्त छैन । मतबृद्धिको यो छलाङ संघ र प्रदेशको चुनावमा नदोरिने हो भने नेपालको अस्तित्वको दिन गन्ती सुरु हुने निश्चित छ ।

शान्ति प्रक्रियाले माआवादी लडाकु र हतियारको व्यवस्थापन गर्यो तर प्रचण्ड र वाइसीएल छाडा साँढेलाईझै छोडिदियो । युथफोर्स परिचालनदेखि चुनावी गठबन्धनसम्म मिल्न खोजे नौनीको डल्लो र चिल्न खोजे बिच्छीको चल्लो हुने पौरख र औकातको बलमा एमालेले वाईसीएल र प्रचण्डलाई नियन्त्रणमा ल्याएर व्यवस्थापन ग¥यो । प्रचण्डको अधिनायकवादी सपना ध्वस्त पार्ने एमाले हो । जनताको सर्वाेच्चता र संसद प्रचण्डका रुचि, निष्ठा र मर्यादाका विषय होइनन् । सत्तामा रहेर होस् वा विपक्षी भूमिकामा रहेर नेपालमा शासन एमालेले नै गरेकोमा मोदी र प्रचण्ड आजित छन् । शस्त वल र शास्त्र दुबैको संयोजन गरेर एमालेले माओवादी र भारतीय संस्थापनको षडयन्त्रलाई हात्तीले माकुरे जाल च्यातेझै विफल पारेको छ । नेपाल हडप्ने भारतीय ईच्छा शस्त्र वल र शास्त्र वलका मुहान नेपाली जनताको सराहनीय चेतना, हिम्मत, देशभक्ति र जुझारु चरित्रले गर्दा अधूरै रहेको छ ।

दूई वटा संविधान संभाबाट एक थान संविधान दिन नसक्ने देश भनेर नेपाललाई असफल राष्ट्र बनाउन भारत जमेरै लागेको थियो । नेपालको घरेलु द्वन्द्व, महाभूकम्प र नाकाबन्दीको त्रिआयामिक महासंकट अकारण थोपरिएको थियो । शिशु अवस्थामै नेपालको संविधानको हत्या गर्ने प्रयास भयो । सिक्मिम मोडेल र मिसन अस्थिरता भारतको नेपालनीतिका दुई खम्बा हुन् । नेपाल सिंगापुर बन्यो भने भारतीय शासक बर्गमाथि भारतका मेहनतकस जनताको दबाब बढ्ने छ । नेपाल समृद्ध र नेपाली सुखी बनेमा केही करोड जनसंख्याको राइदाइँमै सीमित भारतीय शासक वर्ग जनताको वितृष्णाको शिकार बन्ने छ । यसैले हडपनीति, सीमा अतिव्रmमण र अस्थिरता मिसनको माध्यमबाट नेपाल र नेपालीको लय र गति रोक्नु भारतको नेपालनीतिका नियमित आकस्मिकता हो । सिक्किम मोडेल र मिसन अस्थिरता दुबै नीतिमा भारतको लागि गोटी बनेकाले प्रचण्डको पतन नेपाल र नेपालीको अस्तित्व, उदय र उत्कर्षको निरन्तरताका लागि अनिवार्य शर्त थियो ।

नेपालमा निरन्तरको अस्थिरता मिसनमा प्रचण्डलाई सबैभन्दा बढी उपयोग गरिएको छ । आफ्नो देशको राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र प्रधानसेनापतिबिरुद्ध हात धोएर लागेको एक मात्र नेताको विश्व रेकर्ड प्रचण्डकै नाममा छ । मौका आयो भने जोकसैको पनि बिरुद्धमा उत्रिहाल्नु प्रचण्डको बानी हो । युद्ध र प्रेममा जे पनि संभव हुन्छ भन्दै मर्यादाको उलंघनमा अभ्यस्त हुनमा प्रचण्डलाई लाजघिन लाग्दैन बरु आनन्द आउँछ । निष्ठा, देशभक्ति, सिद्धान्त, जनादेश बेचबिखनका विषय होइनन् । प्रचण्डलाई यी सबैको सौदागर बन्न संकोचले छुदैन । देशभित्र कसैलाई मनपेट नदिनु तर भारतमा गएर देश र पार्टीका आन्द्राभुँडी छताछुल्ल पार्नुलाई प्रचण्डले आफ्नो व्यक्तिको पहिचान र उचाइँको मापन ठानेको देखिन्छ । अस्थिरता मिसनको गोटी बन्नलाई चाहिने आधारभूत गुण यही हो । नेकपाको बलियो सरकारविरुद्ध भारतममै गएर फायर खोलिएको थियो । आलोपालो सरकार प्रचण्डको महत्वाकांक्षा र भारतीय आकांक्षाको खिचडी गेमप्लान थियो । अन्तत्वगत्वा आलोपालोको प्रचण्ड ध्येय झन् पर धकेलिएको मात्र छैन बरु प्रचण्ड कहिलै सिंहदरबार नपस्ने आधार खडा भएको छ । मिसन अस्थिरताले भारतीय स्वार्थलाई नगदा नगदीको लाभ मिलेको छ । निरन्तरको अस्थिरताको भनेजस्तै खोजेजस्तै गोटी भेटिए पनि प्रचण्डको उद्धार गर्न भारत असमर्थ देखिन्छ । किनकी आफु र प्रचण्डप्रति नेपाली जनताले पालेको कोप भारतीय संस्थापनलाई राम्रैसँग थाह छ ।

चरो अरुको पासामा पर्छ तर मान्छे आफ्नै फन्दामा फस्छ । राजनीतिमा ल्याउने जीवन गुरुमाथिको कपट, अग्रज नेतालाई धोका, प्रमुख सहायकविरुद्ध कपट, पार्टीभित्र अर्काे विकल्प र उत्तराधिकारीको नसबन्दी उत्कर्षकालका प्रचण्डको चिनारुहरु थिए । यी सबै संग्रहित पापकर्महरु प्रचण्डलाई जीवनको उत्तरार्धमा भारी पर्दैछन् । आफ्नासँगको छलकपट र एमाले जस्तो देशभक्त शक्तिसँगको दुश्मनीले प्रचण्डलाई भिरको डिलमा पु¥याएको छ । प्रचण्डको उद्धार गर्ने र पतनमा नुनिला आँसु चुहाइदिने कोही छैन । चौम स्कुलिङ, एमाले, कांग्रेस सबैलाई प्रचण्डले उत्कर्षकालमा चिढाएका छन् र अपमान गरेका छन् । कान्छी श्रीमती दुर्गा पौडेललाई मन्त्री बनाउने लोभले मुखमा रामराम गरेपनि प्रचण्डका जीवनगुरु मोहनविव्रmम सिंहले मौका आउँदा छुरा चलाउने नै छन् । मोहन वैद्य र डा. बाबुराम भट्टराईले दागा धरेकै छन् । ओलीको रिसले उठनबसन गरे पनि प्रधानमन्त्री हुँदा सताएको र विषवृक्षको उपमा दिएको तुष आग्रहका प्रतिमुर्ति माधवले बिर्सिएका छैनन् । गिरिजाप्रसाद कोइरालाको गोदमा बसेर छुरी धसेको र सुशील कोइरालालाई लिएको बदला कोइराला कांग्रेसले भुलेको छैन । ऐन मौका आफुलाई दरबारियाको बिल्ला लगाइदिएको रिस देउबामा जीवितै छ । जनमत गुमाउँदै गएका प्रचण्ड चोभारमा बगेको खण्डमा सुन्दरीजलमा खोज्न जानेको मात्रा बाक्लो छ र लर्काे लामो छ ।

पकड पौरखीको हातमा पर्न रुचाउँछ । आसेहरुको भागमा रहलपहल पर्ने गर्छ । सिंहले आफ्नो वलबुत्ताले शिकार गर्छ । घाइते हुँडारले खुरपुच्छरमा चित्त बुझाउनु पर्ने हुन्छ । भात खानु र भाते लाग्नु एकै होइन । आशावादी हुनु र बलबुत्ता बिना लालशा पाल्नु भिन्न भिन्न कुरा हुन् । आलोपालो प्रधानमन्त्रीको लालचको डोरी प्रचण्डले बाट्न छोडेका छैनन् । औकात, हैसियत, जनतमत र सहायक खुम्चिएको हेक्का नराखी चामल र कनिका बराबर देख्ने जिद्धीलाई ओलीले जसरी नै कांग्रेसले पनि स्वीकार गर्ने छैन । नेपालको संस्थापनको रिसले भारतको सेवा, सुशील कोइरालाप्रतिको तुष साध्न ओलीलाई प्रधानमन्त्री, ओली र ओली लहर प्रतिको जलनले देउबालाई प्रधानमन्त्री बनाउने प्रचण्डको बदलाको राजनीति सबैले थाहपाइसकेका छन् । प्रचण्डसँग न उत्कृष्ट शक्ति न दिलको उत्कृष्ट भाष्य नै । बदलाको सट्टामा कांग्रेसले दिल दिने छैन । टिनको खानीमा चाँदीको आशा गर्न सकिदैन । आजको कांग्रेसको ठूलो हिस्सा बिपी गणेशमान, कृष्णप्रसाद, गिरिजाप्रसाद स्कुलिंङको नभई कांग्रेस र पञ्चायतको संसर्गबाट जन्मेको खच्चर परेको छ । उठेको कांग्रेस छत्तीसेको बेर्ना हो । छत्तीसे शब्द नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा बदनाम शब्द हो । छत्तीसेको अर्थ हुन्छ– आफ्नो सरकार आफै ढाल्ने तीन दर्जन गद्दारहरु । आजको कांग्रेसमा अटल कांग्रेस छत्तीसे र तान्त्रिक कांग्रेसबाट शासित छन् । देउबा र दाहाललाई पालैपालो बोक्न सक्कली कांग्रेस तयार हुने छैन । ओली सरकार ढाल्ने प्रचण्ड, माधव, झलनाथ र वामदेवहरुका आदर्श र प्रेरणा श्रोत छत्तीसे हुन् । देउबा छत्तीसेका संरक्षक र संचालक देउबा थिए । दलबदलुहरुको गठजोड र साजिसलाई अटल कांग्रेसले बारम्बार अदेखा गर्ने र काँध थाप्ने देखिदैन ।

टुपी भन्दा माथि ठाउँ छैन । सबै भड्काब र फण्डाहरुले काम नलागे पछि प्रचण्ड र माधवहरुले आत्मसमीक्षा गर्नै पर्ने भएको छ । नेपाल र एमालेलाई गरेको पापको प्रायश्चित्तबाट भागेर प्रचण्डहरुले सुख पाउने छैनन् । स्वबोध हराएर शत्रु शिविरमा पुगेकाहरुको प्रत्यागमनदेखि यथोचित दण्डसम्मका हरेक सम्भावनाको ढोका ढकढक गर्ने र सबै बिकल्पमा खुला हुने दायित्वबाट एमाले पनि भाग्नु हुँदैन । महात्मा गान्धीको भनाई छ– “मुर्खलाई प्रेमले जित ।” दया र दण्डनीतिको सन्तुलन नै नेकपा(एमाले)को राजनीतिक श्रेष्ठताको आधार हो । दिलको गलैँचा ओछ्याएर संघ र प्रदेशको चुनावमा तालमेल गर्नेदेखि सत्ता गठबन्धनलाई जनदण्डको भागेदार बनाई छाड्ने आँट र औकात देखाउन काबिल भएर एमालेले आफ्नो गौरवको रक्षा गर्न सक्ने छ ।

र अन्तमा
ऋषिमुनिहरुले अनेक विषयमा अनेक ढंगले लेखे तर राजतन्त्रको रवाफ, दबाब, र प्रभावमा परेर जनताको बारेमा जे हो, त्यो लेख्न सकेनन् । उनीहरुले र्ईश्वरका बारेमा जे लेखे, त्यो सबै जनताको नाममा नलेखेर घुमाउरो ढंगले एक तीर दुई गरेका छन । ईश्वरको महिमा, व्यापकता, अजरता, अमरता, अविनाशिता, करुणा, कू्ररता; सृष्टिकर्ता, पालनकर्ता र संहारकर्ताको परमतपी भूमिका र शक्ति आजको युगमा जनतामा छ । जनता नै भगवान् हुन् । जनताको सर्वोच्चताको आधार चेतना, शक्ति, शिप, श्रम र यीँ सबैको सदुपयोग गर्न सक्ने कला हो । मानव चेत नै मानव जातिको श्रेष्ठता स्थापित गर्ने सबैभन्दा ठूलो हतियार हो । जनताको यही अपरम्पार शक्तिमा विश्वास गर्नु नै एमालेको राजनीतिक श्रेष्ठताको आधार हो । सुतेको सिंहमाथि उफ्रिने मृग मृत्युको भागेदार हुन्छ । जनताको जीविका र राष्ट्र हितसँग खेलबाड गर्ने राजनीतिक शक्ति पतनको भागेदार हुन्छ । जनताको शक्तिका अगाडि कसैका पनि आग्रह र पूर्वाग्रह, इगो र आकांक्षाहरु गौण विषय हुन् ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र प्राप्तीको आन्दोलनको बलियो किल्लाको रुपमा रहेको नेकपा फुटाउने र एमाले टुटाउने प्रचण्ड, माधव र वामदेवलाई नेपाली जनताले त्यसै छोड्ने थिएनन् । स्थानीय निर्वाचनमा माधव–वामदेवबाट सुरु गरेको दण्डनीतिको मोहोरी संघ र प्रदेश चुनावमा देउबा र दाहालतिर मोडिने छ । देशविरुद्धको यस हर्कतलाई जनता जनाद्र्धनले क्षमा दिने छैनन् । देशभक्तिलाई तपसिलमा पार्नु भनेको राजनीतिक गुण गुमाउनु हो । लिम्पियाधुरा बिर्सनु भनेको गन्दा नालीको कीराको जुनी ग्रहण गर्नु हो । सुगुरका पाठाहरु आमा मरिसक्दा पनि दुध चुसेर छाला निकाल्ने गर्छन् तर मानव सन्ततीले विरामी आमाको उपचार गर्छ, दोहन गर्दैन । घायल मातृभूमिको सेवामा एमाले हिमालयझै अटल भएर उभिएको छ । सत्तारुढ गठबन्धनको नियत मातृभूमिको दोहन हो र मक्सत श्रमजीवि जनताको शोषण हो । सुगुरको पाठाझै मातृभूमिको दोहन र लम्पसारवाद मात्र जानेको सत्तारुढ गठबन्धन जनदण्डको भागेदार हुँदैछ । जीवनको उत्तराद्र्धमा रहेका देउबा, दाहाल, माधव र वामदेवलाई जब जनताले दण्ढित गर्ने छन् तब आचार्य चाणक्यले रामको महत्तामा रचेको यो श्लोक नेपाली जनतामा रहेको अपरम्पार शक्ति चित्रणमा पनि लागु भएको मानिने छ–
“काष्ठं कल्पतरुः सुमेरुरचलस्चिन्तामणि प्रस्तरः
सूर्यस्तीव्रकरः शशी क्षयकरः क्षारोहि वारांनिधिः
कामो नष्टतर्नुबलिर्दिति सुतो नित्यं पशुः कामगौ–
नैतांस्ते तुलयामि भो रघुपते ! कस्योपमा दीयते ।”
अर्थात्– ‘कल्पवृक्ष काठ हो, सुमेरु पहाड हो, पारसमणि ढुंगो हो, सूर्य किरण तातो छ, चन्द्रप्रकाश क्षयकर छ, समुन्द्र चर्काे र गम्भीर छ, कामदेव शरीरहीन छ, दानवीर बलि दैत्य हो, कामधेनु गाई पशु हो । हे राम ! तपाईको यीँ कसैसँग तुलना हुँदैन । तपाइँलाई के उपमा दिऊँ ?’