एजेन्सी, १६ भदौ । मध्यप्रदेशको औद्योगिक सहर इन्दौरमा जागिरबाट निकालिएपछि सात कर्मचारीले बिहीबार कम्पनी बाहिर विष खाएर आत्महत्याको प्रयास गरेका छन् ।
सबै कर्मचारीलाई एमवाई अस्पतालमा भर्ना गरिएको छ, जहाँ उनीहरुको अवस्था अहिले खतरामुक्त रहेको बताइएको छ । प्रहरीले अनुसन्धान थाले पनि उपचारका कारण कर्मचारीको बयान लिन सकेको छैन । दुवै कम्पनीका सञ्चालक फरार रहेको बताइएको छ ।
अहिलेसम्म प्राप्त जानकारी अनुसार इन्दौरको परदेशीपुरा थाना क्षेत्रमा रहेको अजमेरा वायर प्रोडक्ट्समा काम गर्ने यी कर्मचारीहरूलाई व्यवस्थापनले काम नगरेको भन्दै केही महिनादेखि तलब नदिएको र बुधबार उनीहरूलाई निकालिएको थियो ।
रिपोर्टका अनुसार सात जना कामदार आज बिहान कारखानामा पुगेर मालिकलाई भेट्न आग्रह गरेका थिए । मालिकले भेट्न नमान्दा उनीहरूले विषाक्त पदार्थ सेवन गरेका थिए ।
बर्खास्त गरिएका कर्मचारीहरुको नाम जमनाधर विश्वकर्मा, दीपक सिंह, राजेश मेमोरिया, देवीलाल करेडिया, रवि करेडिया, जितेन्द्र धमनिया र शेखर वर्मा रहेका छन् । उक्त घटनापछि कम्पनीका सञ्चालक रवि बाफना र पुनीत अजमेरा दुवैलाई प्रहरीले उनीहरुको कार्यालय, घर वा अन्य कतै फेला पार्न सकेको छैन ।
उनीहरुलाई किन निकालिएको हो भन्ने बारे आधिकारिक रुपमा केही भन्न नसकिने प्रहरीले जनाएको छ । कम्पनीका अन्य कर्मचारी र व्यवस्थापनसँग सोधपुछपछि मात्रै आत्महत्याको प्रयासबारे केही भन्न सकिने प्रहरीले जनाएको छ ।
कम्पनीका अधिकारी र परिवारका सदस्यले रवि बाफना र पुनीत अजमेराको निवासबारे कुनै जानकारी नभएको प्रहरीले जनाएको छ । पक्राउबाट बच्न दुवै जना अज्ञात स्थानमा लुकेर बसेको अनुमान गरिएको छ ।
दुवै मालिकले अन्य दुई ठाउँमा कारखाना स्थापना गरेकाले यहाँ उत्पादन बन्द गरेको कर्मचारी बताउँछन् ।उनीहरूलको आदेश दिएले यहाँ काम बन्द छ । जसका कारण अजमेरा वायरमा कर्मचारीलाई निकालिएको थियो ।
यहाँ कर्मचारीलाई लामो समय काम छोड्न दबाब पनि सिर्जना गरिएको थियो । यस विषयमा सम्पूर्ण अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बयानपछि कर्मचारीलाई दुव्र्यवहार गरेको आरोपमा सञ्चालकविरुद्ध पनि मुद्दा चलाउन सकिन्छ ।













प्रतिक्रिया दिनुहोस्