जनता टाइम्स

११ श्रावण २०७६, शनिबार २०:३७

गुडिरहेको टाटासुमोमा पहिरो खस्दा दुई जनाको मृत्यु


रसुवा, साउन ११

गल्छी–रसुवागढी सडकखण्डमा गुडिरहेको टाटासुमोमा पहिरो खसेको छ । पहिरो खस्दा गाडीमा सवार दुई जनाको मृत्यु भएको छ भने अन्य आठजना घाइते छन् ।

रसुवाबाट काठमाडौं जादै गरेको ना १ ज ७८२४ नम्बरको टाटासुमो रसुवागढी नाका नजिकै गोसाइँकुण्ड गाउँपालिका–२ को पहिरोमा पुरिएको हो । पहिरोमा पुरिएर सोलुम्बुका दावा शेर्पा र वाङ्चु शेर्पाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

गम्भिर घाइते सालुखुम्बुकै छोङवा शेर्पा गम्भीर घाइते भएकाले थप उपचारका लागि काठमाडौ पठाइएको छ । टाटासुमोमा सवार १० जना मध्ये घाइते चालकसहित सात जनाको रसुवा मै उपचार भईरहेको छ ।