जनता टाइम्स

११ श्रावण २०७६, शनिबार २१:११

पूर्वप्रधानमन्त्री देउवाको संवैधानिक आयोगमाथी गम्भिर आक्षेप, लोकसेवामाथी उठाए गम्भिर प्रश्न


काठमाडौं, साउन ११

चार पटक प्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संवैधानिक आयोगमाथी गम्भिर आक्षेप लगाउनु भएको छ । विपक्षी दलका नेतासमेत रहनु भएका उहाले लोकसेवा आयोगप्रति गम्भिर प्रश्न उठाउनु भएको हो ।

उहाले लोकसेवालाई लक्षित गर्दै मुलुकमा ‘भनसुन उद्योग’ सुरु भएको टिप्पणी गर्नुभयो । कांग्रेसका युवा नेता गुरुराज घिमिरेको ‘मान्छेका कथाहरु’ कथा संग्रहको राजधानीमा लोर्कापण गर्दै सभापति देउवाले नेपालमा सबै भन्दा ठुलो उद्योगको रुपमा भनसुन उद्योग फस्टाउँदै गएको बताउनु भयो ।

लोकसेवा आयोगको परीक्षामा समेत भनसुन चल्ने गरेको उहाको दाबी छ । ‘नेपालमा सबै भन्दा ठुलो उद्योग भनेको भनसुन उद्योग हो । जसको भनसुन हुन्छ, उसको चल्छ’, उहाले भन्नुभयो,‘लोकसेवा आयोगको लिखित परीक्षा पास भएर के गर्नुहुन्छ ? उसको भनसुन गर्ने मान्छे थिएन, फेल गर्दिए ।’