जनता टाइम्स

१२ श्रावण २०७६, आईतवार ०८:०३

सशस्त्रका जवान डेढ लाख घुससहित अख्तियारको फन्दामा


सुनसरी, साउन १२

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरीका एक जवानलाई एक लाख पचासहजार घुसको रकमसहित पक्राउ गरेको छ । सुनसरीस्थित सशस्त्र प्रहरी बल नम्बर ४ गण, इनरूवाका सशस्त्र प्रहरी जवान बलराम यादवलाई घुससहित शनिबार नियन्त्रणमा लिएको हो ।

यादवले व्यापारमा सहजीकरण गरीदिने भन्दै सेवाग्राहीसँग घुस मागिरहेको सूचनाका आधारमा अख्तियारको कार्यालय, इटहरीबाट खटिएको टोलीले पक्राउ गरेको प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिनुभयो । उहाका अनुसार यादवलाई सेवाग्राहीसँग घुसवापतको रकम लिइसकेको अवस्थामा देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज पक्राउ गरिएको हो। घुससहित समाातिएका यादवलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको कोइरालाले जानकारी दिनुभयो ।