जनता टाइम्स

१२ श्रावण २०७६, आईतवार ०८:५८

ग्लोबल छनोटमा पुग्न नेपाललाई १९२ रनको लक्ष्य


 

काठमाडौं , साउन १२ ।  आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको अन्तिम खेलमा नेपाललाई घरेलु टोली सिंगापुरले जितका लागि १९२ रनको फराकिलो लक्ष्य प्रस्तुत गरेको छ ।

ईण्डियन एसोसियसन क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले २० ओभरमा ६ विकेट गुमाएर १९१ रन बनायो ।

नेपाललाई आजको खेल निकै महत्वपूर्ण रहेको छ । विश्वकपको ग्लोबल छनोटमा पुग्न नेपाललाई जित्नै पर्ने बाध्यता छ ।

सिंगापुर पनि नेपाललाई हराएर ग्लोबल छनोटमा पुग्न चाहन्छ ।