जनता टाइम्स

१९ भाद्र २०७९, आईतवार १४:०२

बाराक ओबामाले प्राप्त गरे एमी पुरस्कार


एजेन्सी, १९ भदौ । पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामालाई नेटफ्लिक्स डकुमेन्ट्री शृंखला ‘आवर ग्रेट नेशनल पार्क्स’ मा उनको आवाजको लागि उत्कृष्ट कथाकारको लागि एमी अवार्ड प्रदान गरिएको छ।

पाँच भागमा विभाजन गरिएको यो शृङ्खलाले विश्वका प्रसिद्ध राष्ट्रिय निकुञ्जहरू देखाउँछ। यसलाई बराक ओबामा र उनकी पत्नी मिशेल ओबामाको कम्पनी ‘हायर ग्राउन्ड’ले बनाएको हो ।

बराक ओबामा एमी अवार्डबाट सम्मानित हुने संयुक्त राज्यका दोस्रो राष्ट्रपति हुन् । यसअघि सन् १९५६ मा ड्वाइट डी आइजनहावरलाई विशेष एमी अवार्डबाट सम्मानित गरिएको थियो।

यसअघि ओबामालाई उनका दुई पुस्तकको अडियो संस्करणका लागि ग्रामी अवार्डबाट सम्मानित गरिएको थियो । बराक ओबामाले आफ्नो संस्मरण ‘द अडासिटी अफ होप’ र ‘द प्रॉमिस्ड ल्यान्ड’ को अडियो संस्करणको लागि ग्रामी प्राप्त गरे, जबकि वर्ष २०२० मा, मिशेलले आफ्नै अडियो पुस्तकको लागि ग्रामी पुरस्कार पाएकी थिइन् ।
सोही समारोहमा, ूब्ल्याक प्यान्थरू स्टार चाडविक बोसम्यानलाई मरणोपरान्त रचनात्मक कलाको लागि एमी पुरस्कार प्रदान गरियो। उनले यो अवार्ड डिज्नी प्लस सिरिज ‘ह्वाट इफ।।।रु लागि दिइएको छ।
हलिउड संवाददाताका अनुसार बोसम्यानको तर्फबाट उनकी श्रीमती टेलर सिमोन लेडवर्डले शनिबार समारोहमा अवार्ड ग्रहण गरिन्। समारोह माइक्रोसफ्ट थिएटरमा आयोजित गरिएको थियो।