जनता टाइम्स

१९ भाद्र २०७९, आईतवार २०:३८

कल गर्ल्स सप्लाइउसँग एसपीको फोन भेटिएपछि . . .


एजेन्सी, १९ भदौ । मधेपुराका एसपीको फोन कल गर्ल सप्लायरसँग फेला परेको छ । बिहारको मधेपुरा एसपीको मोबाइल कल गर्ल सप्लायरसँग भेटिएपछि प्रहरी विभागमा हलचल मच्चिएको छ ।

सहरसामा पक्राउ परेकी महिलाको भिडियो भाइरल भएको छ, जसमा उनले कैयौं प्रहरी अधिकारीलाई कल गर्ल्स आपूर्ति गरेको स्वीकार गरिकी छिन् ।

घटनाबारे प्रहरी विभाग मौन छ तर मधेपुराका एसपी विगतमा बिदामा रहेको र मुख्यालयका डीएसपी एसपीको जिम्मेवारीमा रहेको स्रोतले जनाएको छ एसपीले आफ्नो आधिकारिक मोबाइल मुख्यालयका डीएसपीलाई हस्तान्तरण गरेका थिए ।