काठमाडौं, २० भदौ । न्युयोर्कको म्यानह्याटनको एक अग्लो अपार्टमेन्टबाट हाम फालेर ज्यान गुमाउने व्यक्तिको पहिचान भएको छ । उनी बेड बाथ एन्ड बियन्डको प्रमुख वित्तीय अधिकारी गुस्ताभो अर्नाल भएको प्रहरीले जनाएको छ ।उनले आफ्नो अग्लो अपार्टमेन्टको १८ औं तलाको बरण्डाबाट हाम फालेका थिए । ५२ वर्षीय अर्नाल आफ्नो विलासी ५७ तले गगनचुम्बी भवन बाहिर दिउँसो साढे १२ बजे अचेत अवस्थामा भेटिएका थिए । उनलाई घटनास्थलमा नै मृत घोषणा गरिएको थियो ।
अर्नालकी श्रीमतीले उनलाई हाम फालेको देखेकी थिइन् । सुसाइड नोट नभेटिए पनि अपराधिकताको आशंका नगरिएको प्रहरीले जनाएको छ । बेड, बाथ एण्ड वियोण्डले यो स्तब्ध पार्ने क्षतिप्रतिगहिरो दुख व्यक्त गरेको छ । अर्नाल सन् २०२० को मेमा बेड बाथ एन्ड बियन्डमा संलग्न भएका थिए ।
बेड बाथ एन्ड बियन्ड गहिरो उतारचढावमा रहेको बेला यो घटना भएको हो । कम्पनीले आफूलाई बचाउन र संकुचन गरेर दिवालियापनबाट बाहिर रहन प्रयास गरिरहेको छ। कम्पनीले लगभग २० प्रतिशत कर्पोरेट कर्मचारीहरूलाई हटाउने र लगभग १५० पसलहरू बन्द गर्ने बताएको थियो ।अर्नाललाई एक मुद्दामा प्रतिवादीको रूपमा नाम दिइएको थियो जसमा उनी रायन कोहेन र अन्य ठूला शेयरधारकहरूलाई कम्पनीको स्टकको मूल्य कृत्रिम रूपमा बढाउन पम्प एण्ड डम्प योजनामा संलग्न भएको आरोप लगाइएको थियो। उक्त मुद्दा अगस्टमा डिसीको अदालतमा दायर गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्