जनता टाइम्स

२२ भाद्र २०७९, बुधबार १०:४८

बंगलादेशको प्रधानमन्त्री हसिना भारत भ्रमणमा


नयाँ दिल्ली, २२ भदौ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले भारतकी राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गर्नुभएको छ । भारत भ्रमणमा रहेकी प्रधानमन्त्री हसिना र राष्ट्रपति मुर्मुबीच नयाँ दिल्लीमा भेटावार्ता भएको हो । भ्रमणका क्रममा दुई नेतृबीच द्धिपक्षीय तथा बहुपक्षीय विषयमा छलफल भएको थियो ।

सो अवसरमा उनीहरुले दुई देशका जनताको हितमा सम्बन्धलाई अगाडि बढाउने साझा प्रतिबद्धता व्यक्त गरेका थिए ।

भ्रमणले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुनेमा दुवै नेताले विश्वास व्यक्त गरेका थिए । हिजै प्रधानमन्त्री हसिनाले उपराष्ट्रपतिसँग पनि भेटवार्ता गर्नुभएको थियो । चार दिने भारत भ्रमणका क्रममा सोमबार नयाँ दिल्ली पुगेकी प्रधानमन्त्री हसिनाले प्रधानमन्त्री मोदी र भारतीय कंग्रेसका नेता राहुल गान्धीलाई पनि भेट गर्नुभएको छ ।