एजेन्सी, २३ भदौ । दिल्ली महिला आयोगकी अध्यक्षले एक भिडियो ट्वीट गरेकी छन् । यस भिडियोमा एक महिलाले आफूलाई जबरजस्ती यौनसम्पर्कको व्यवसायमा लगाइएको आरोप लगाएकी देखिन्छिन् । यसबारे स्वामी मालिवालले प्रहरीलाई नोटिस जारी गरिएको बताएका छन् ।
उनले देहव्यापारको कारोबारमा प्रहरीसमेतको संलग्नताको आरोप लगाएका छन् । स्वाती मालिवालले बुधबार आफ्नो ट्विटर ह्यान्डलबाट एउटा भिडियो ट्विट गरेकी छिन् । यो भिडियोमा देखिएकी महिलाले आफूलाई जीबी रोडकी बासिन्दा बताएकी छिन् । १३ वर्षको उमेरमा रजिया नाम गरेकी महिलाले आफूलाई जबरजस्ती यौनधंधामा धकेलेको महिलाले बताएकी छन् ।
२० वर्षसम्म घर जान दिइएन
भिडियोमा महिलाले आफूलाई रजिया नामकी महिलाले झुट बोलेर आफूसँगै ल्याएको आरोप लगाएकी छिन् । केही दिनपछि उनलाई देह व्यापारमा लगाइएको थियो । ती महिलाले आफूले अरु कति केटी र महिलाहरु यो व्यवसायमा संलग्न भएको देखेको बताएकी छन् ।
प्रहरी साँठगाँठ
घर जान आग्रह गर्दा घर जान नदिएको महिलाको भनाइ छ । उनी २० वर्षसम्म बलात्कारमा परिन ्। अब आफ्नी ९ वर्षीया छोरीलाई यौन व्यवसायमा लगाउने धम्की दिइएको उनले बताएकी छन् । प्रहरीको मिलिभगतको आरोप लगाउँदै उनले प्रहरीले छापा मार्न आउँदैछ भन्ने पहिले नै जानकारी दिने गरेको बताएकी छन् ।
प्रहरी आउने थाहा पाएपछि सबैलाई यहाँबाट हटाउने गरिएको उनको आरोप छ । उनले बताएअनुसार प्रहरीको मिलेमतोमा यौनसम्पर्कको कारोबार भइरहेको छ ।
स्वाती मालिवालले ट्विट गर्दै प्रहरीलाई नोटिस जारी गरेको जानकारी दिएकी हुन् । प्रहरीको मिलेमतोमा यो कारोबार भइरहेको जानकारी हुनु लाजमर्दो कुरा हो उनले लेखेकी छन् ।













प्रतिक्रिया दिनुहोस्