जनता टाइम्स

१२ श्रावण २०७६, आईतवार १५:३७

प्रधानमन्त्रीले तराईको बाढी प्रभावित क्षेत्रको भ्रमण गर्ने


काठमाडौं, साउन १२

प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीग्रस्त क्षेत्रको निरिक्षण गर्नुहुने भएको छ । उहाले केही दिन अगाडी तराईमा पु¥याएको बाढीको क्षति अवलोकन गर्ने तयारी गर्नुभएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतसँगको भेटमा उहाले आफुले केही दिनभित्रै अवलोकन गर्ने र संघीय सरकारले सक्दो सहयोग गर्ने बताउनु भएको मुख्यमन्त्री राउतले जानकारी दिनुभयो । भेटमा मुख्यमन्त्री राउतले तराईमा डुबानले भएको क्षति, समस्या र सहयोगका विषयमा जानकारी गराउनु भएको थियो । उहाले विस्थापित परिवारहरुको पुनर्वास, नदी नियन्त्रण र सडक मर्मतमा सहयोग आवश्यक रहेको बताउनुभयो ।

भेटवार्तामा पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादव, प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव, नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल, नेपाली काँग्रेस संसदीय दलका नेता राम सरोज यादव सहभागी हुनुहन्थ्यो ।