जनता टाइम्स

२४ भाद्र २०७९, शुक्रबार ०९:२३

महारानीको निधन : शोकमा डुब्यो ब्रिटेन (फोटोफिचर)


काठमाडौं, २४ भदौ । सबैभन्दा लामो समयसम्म ब्रिटेनकी महारानी रहेकी एलिजाबेथ द्वीतीयको मृत्युको खबर सार्वजनिक भएलगत्तै देशभरीका विभिन्न स्थानमा फूल राखेर उहाँलाई श्रद्धाञ्जली दिइँदै छ । ब्रिटेनको राजनिवास बकिंघम प्यालेस बाहिर हज्जारौँ मानिस जुटेका छन् र उहाँको सम्मानमा फूल राखिरहेका छन् । मानिसहरु महारानीको घरको तस्बिर लिइरहेका छन् जहाँ आधा झण्डा झुकेको छ ।

बकिंघम प्यालेस बाहिर महारानीको निधनको खबर सुनेर भावुक भएकी एक महिला

बकिंघम प्यालेसको मुख्य ढोकामा उनको निधनको सूचना राखिएको

बकिंघम प्यालेसको तर्फबाट जारी आधिकारिक घोषणामा महारानीको निधन बिहिबार अपरान्ह स्कटल्याण्डको बालमोरल क्यासलमा भएको बताइएको छ ।


विन्डसर क्यासल महारानीको प्रिय निवास थियो । यहाँ बस्ने स्थानीय उहाँलाई आफ्नो छिमेकीको रुपमा हेर्दथे ।

विन्डसर क्यासल बाहिर श्रद्धाञ्जली दिँदै मानिसहरु

लण्डनको एक स्टेडियममा वेस्ट ह्याम युनाइटेड र एफसीएसबीबीच युरोपा कन्फरेन्स लिग फुटबल प्रतिस्पर्धा अघि एक मिनेटको मौन धारण राखियो ।

महारानीको अर्को निवास स्कटल्याण्डको एडिनबरास्थित द प्यालेस अफ हलिरुडहाउसमा, शोकाकुल मानिसहरुले फूल राखे र दिवंगत महारानीप्रति सम्मान प्रकट गरे । यो बुकेमा सरल सन्देश लेखिएको थियो ।

लण्डनको चर्चित स्थल पिकाडिली सर्कस (चौबाटो) मा राखिएको यो विशाल बिलबोर्डमा महारानीको तस्बिर प्रदर्शित गरिएको छ जसले मानिसको ध्यान तानिरहेको छ ।