जनता टाइम्स

१२ श्रावण २०७६, आईतवार १५:४६

नवनियुक्त मुख्यन्यायाधिवक्ता थपलियाबाट सपथ


हेटौंडा, साउन १२

प्रदेश नं ३ का नवनियुक्त मुख्यन्यायाधिवक्ता ओमप्रकाश थपलियाले पद तथा गोपनीयताको सपथ लिनुभएको छ । प्रदेश प्रमुख अनुराधा कोइराला तथा मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितिमा प्रदेश प्रमुख कार्यालयको सभाकक्षमा आज आयोजित कार्यक्रममा पाटन उच्च अदालतका मुख्य न्यायाधीश कुमार चुडालले शपथ दिलाउनुभएको थियो ।

यसअघिका मुख्य न्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेले राजीनामा दिनुभएकाले थपलियालाई यही साउन ८ गते सो पदमा नियुक्त गरिएको थियो ।