एजेन्सी, २५ भदौ । हरियाणाको जिन्दको सदर थाना इलाकाको एक ह्याचरीमा काम गर्ने नेपाली महिलालाई जागिर दिने बहानामा नरवानामा बन्धक बनाएर जबरजस्ती करणी तथा कुटपिट गरेको आरोपमा प्रहरीले महिलासहित दुई जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।
प्रहरीलाई दिएको उजुरीमा नेपालकी एक महिलाले सदर प्रहरी चौकी जिन्द क्षेत्रको गाउँमा रहेको ह्याचरीमा मजदुरको रुपमा काम गर्ने बताएकी छन् । अगस्त २१ मा सुलोचना नामकी महिलाले उनलाई घरमा बोलाएर राम्रो काम दिलाउने बहानामा दुई दिनसम्म आफ्नो घरमा राखिन् ।
अगस्त २२ गते राति नरवाना निवासी दलवीर गाडी लिएर गाउँको बस स्ट्यान्डमा पुगे र उनलाई उनैले काम गर्ने ह्याचरीमा छाडिदिने बताए । दलवीरले ती नेपाली युवतीलाई ह्याचरीमा छोड्नुको सट्टा नरवानामा लगे ।
पाँच दिनसम्म बन्धक बनाएर बलात्कार गरेका थिए । पछि अभियुक्तले उनलाई जिन्द जाने बसमा चढाइदिए । घटनाबारे कसैलाई बताएमा ज्यान मार्ने धम्की दिए । प्रहरीले सुलोचना र दलवीरलाई ‘बन्धक बनाएर जबरजस्ती करणी’ मुद्दा दर्ता गरेको छ ।
प्रतिक्रिया दिनुहोस्