एजेन्सी, २६ भदौ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान चढेको विमान शनिबार दुर्घटनामा जोगिएको छ ।
डेली पाकिस्तानको रिपोर्ट अनुसार इमरान खान शनिबार एक र्यालीलाई सम्बोधन गर्न गुजरानवाला जाँदै थिए । यसै क्रममा विमानले सन्तुलन गुमाउन थालेपछि पाइलटले हतार हतार कन्ट्रोल टावरमा सम्पर्क गरी विमानलाई इस्लामावाद विमानस्थलमा सकुशल अवतरण गराउन सफल भएका थिए ।
तर, पछि उनी सडकबाट गुजरानवाला गए ।













प्रतिक्रिया दिनुहोस्