जनता टाइम्स

१३ श्रावण २०७६, सोमबार ०८:५५

विभिन्न जिल्लामा बाढी आउने सक्ने भन्दै पूर्वानुमान महाशाखा गर्यो यस्तो आग्रह


साउन १३ ।  देशका विभिन्न ठाउँमा पानी परिरहेकाले बाढी आउन सक्ने भन्दै सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

बगांलको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव सुदूर पश्चिमका केही भू–भागमा परेकाले अहिले पनि सुदूर पश्चिमका केही ठाउँमा पानी परिरहेको छ । दिउँसो भने देशका अरु ठाउँमा पनि पानी पर्ने सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् ।

पानी पर्ने सम्भावना कायमै रहेकाले नदी तटीय क्षेत्रमा सतर्क भएर बस्न महाशाखाले आग्रह गरेको हो । सोमबार विशेष गरी ताप्लेजुङ, भोजपुर, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा र लमजुङ जिल्ला तथा यस आसपासका जिल्लाका नदी तथा खहरेको बहाव उल्लेख्य बढ्ने देखिएकाले त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन महाशाखाले आग्रह गरेको हो ।