जनता टाइम्स

२९ भाद्र २०७९, बुधबार १६:२४

थाई आर्मी कलेजमा गोली चल्दा २ जनाको मृत्यु


काठमाडौं, २९ भदौ । बैंककमा अवस्थित ‘रोयल थाई आर्मी वार कलेज’मा आज भएको गोलीकाण्डमा परी दुई जनाको मृत्यु हुनुका साथै अर्का एक जना घाइते भएको थाई सेनाका प्रवक्ताले बताउनुभयो ।

सो गोलीकाण्डमा ५९ वर्षीय बन्दुकधारीले स्थानीय समयानुसार बिहान ८ः५५ बजे आफ्ना सहकर्मीहरूलाई गोली हानेका थिए ।

घटनापछि उनलाई नियन्त्रणमा लिइएको र गोली चलाउनुको कारण अझै स्पष्ट नभएको सेनाका उपप्रवक्ता सिरिचन नगाथोङले बताउनुभएको छ ।