जनता टाइम्स

३० भाद्र २०७९, बिहीबार १९:५१

पपुवा न्युगिनी भूकम्प : १० जनाको मृत्यु


पोर्ट मोरेस्बी, ३० भदौ । पपुवा न्युगिनीमा गत आइतबार बिहान ७ः४६ बजे गएको ७.६ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ। यस भूकम्पमा परी अन्य कैंयौँ घाइते भएका छन् । उद्धारकर्ताहरू दुर्गम पहिरो प्रभावित समुदायहरूमा पुग्न थालेपछि मृतकको सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ।

यस भूकम्पको केन्द्रबिन्दु ६.३० डिग्री दक्षिण अक्षांश र १४६.५५ डिग्री पूर्वीदेशान्तरमा ७० किलोमिटरको गहिराईमा रहेको जनाइएको छ । भूकम्प प्रभावित क्षेत्रमा घर र पूर्वाधारमा व्यापक क्षति पुगेको छ।

अहिले पनि धनजन क्षति विस्तृत विवरण भने प्राप्त भएको छैन । प्रधानमन्त्री जेम्स मारापेले पपुवा न्युगिनीलाई आएको शक्तिशाली भूकम्पपछि सतर्क रहन चेतावनी दिएका छन् । तर यसको प्रभाव सन् २०१८ को भूकम्पभन्दा कम हुने अपेक्षा गरिएको छ । सन् २०१८ को भूकम्पमा परी १५० जनाको ज्यान गएको थियो ।