जनता टाइम्स

१३ श्रावण २०७६, सोमबार १७:२६

सकियो नेकपाको सचिवालय बैठक : यस्तो भयो सर्वसम्मत निर्णय


काठमाडौं, साउन १३ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बिना निश्कर्ष स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा कार्यबिभाजन र नेताहरुको जिम्मेवारीमा सहमति जुटन नसकेपछि पन्ध्र दिनपछि बस्ने गरी स्थगित भएको हो ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले दिनुभएको जानकारी अनुसार आजको बैठक नेताहरुको रुचीसमेत सोधेर कार्यबिभाजनको ब्यवस्थित प्रस्ताव ल्याउने निर्णयसहित साउन २८ गतेसम्मका लागि स्थगित गरिएको छ । बैठकमा नेताहरुबीच सहमति जुटन नसकेपछि नेताहरुको रुचीसमेत सोधेर ब्यवस्थित प्रस्ताव ल्याउने भन्दै पन्ध्र दिन पर धकेलिएको हो । प्रवक्ता श्रेष्ठका अनुसार बैठकले राष्ट्रिय परिषद्, केन्द्रीय आयोग, निकाय, विभाग, जनसंगठनलगायत विषयमा सबैको भावना बुझ्न र निर्णय गर्न बैठक स्थगित गरिएको हो ।

नेकपाले अहिलेसम्म कुनै पनि जिम्मेवारी बाँडफाँटमा यस्तो निर्णय गरेको थिएन । नेकपामा पार्टी स्कूल बिभागमा सहमति जुटन नसकेपछि साउन ५ गतेयता आज पहिलो पटक सचिवालय बैठक बसेको हो । आजको बैठकले पन्ध्र दिन पर सारेको हो । नेकपाले पार्टी एकता भएको १४ महिना कटिसक्दा एकताले पुर्णता पाउन सकेको छैन । अहिलेसम्म जिल्ला र महानगरको इञ्चार्ज र सहइञ्चार्ज तोक्ने बाहेक केन्द्रीय सदस्यहरुकै कार्यबिभाजन हुन सकेको छैन ।

जनसंगठनको पनि संयोजक–सहसंयोजकसहित केन्द्रीय कमिटीको संख्या तोके पनि अझै कुनै परिपत्र आएको छैन । सर्वसम्मत सिफारिश भएका कमिटीहरुको समेत संख्या घटाएपछि जनसंगठनले गती लिन सकेका छैनन ।