जनता टाइम्स

३ आश्विन २०७९, सोमबार ११:१२

प्रधानमन्त्रीका छोराविरुद्ध १७ मुद्दा


काठमाडौं, असोज ३ । फिजीका प्रधानमन्त्री फ्रान्क बैनिमारामाका छोरालाई अष्ट्रेलियामा घरेलु हिंसाको आरोप लागेको छ ।

३६ वर्षीय रातु मेली बैनीमारमामाथि कुटपिट, घाँटी थिच्नेलगायत १७ वटा मुद्दा चलिरहेको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन ।उनीमाथि सम्पत्तिमा क्षति पुर्याएको र सहमतिविना तस्बिर बाँडेको आरोप पनि लागेको छ ।

ती अपराधहरू सिड्नीमा फेब्रुवरी र मे महिनाको बीचमा भएको थियो र्। यस महिनाको सुरुमा पुलिसमा उजुरी परेपछि उनी गत हप्ता उनी पक्राउ परेका थिए ।

बैनीमारमालाई जमानत दिइएको छ र उनीमाथि लागेको मुद्दामा अक्टोबरमा सुनुवाई हुनेछ । उनी फ्रान्क बैनीमारामाका एक मात्र छोरा हुन्, जो एक वर्ष अघि सैन्य विद्रोहको नेतृत्व गरेपछि सन् २००८ देखि सत्तामा छन् ।