जनता टाइम्स

१४ श्रावण २०७६, मंगलवार ११:२२

जंगली च्याउ खाँदा आमा, छोराछोरीको मृत्यु


रोल्पा, साउन १४

रोल्पामा जंगली च्याउ खाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । जंगली च्याउ खादा २५ वर्षिया फुर्मली बुढाथोकीसहित उनका एक छोरा र छोरीको मृत्यु भएको हो ।

लुङग्री गाउँपालिका–६ पाटेगुम्चाल निवासी २५ वर्षीया बुढाथोकीसहित उनकी सात वर्षीया छोरी सुनिता बुढाथोकी र तीन वर्षीय छोरा पुस्कर बुढाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ। साउन ८ गते उनीहरूले जंगलमा प्राकृतिक रुपमा जागेको च्याउ ल्याएर खाएका थिए । त्यसपछि गम्भीर बिरामी परेका उनीहरू तिनै जनालाई उपचारको लागि रोल्पा, दाङ हुँदै बुटवल र भैरहवासम्म पुर्‍याइएको थियो।

गम्भीर बिरामीमध्ये पुस्करको साउन ११ गते, छोरी सुनिताको १२ गते र आमा फुर्मलीको साउन १३ (सोमबार बिहान) साढे ९ बजे मृत्यु भएको प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जानकारी दिएको छ। एकै घरमा आमा, छोरा र छोरीको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ ।