जनता टाइम्स

६ आश्विन २०७९, बिहीबार १६:३८

लगातार ६ दिन बलात्कार, जंगलमा युवतीलाई फालेर बलेरो फरार


एजेन्सी, ६ असोज । बिहारको बाँका प्रहरी चौकी क्षेत्रअन्तर्गतको एक गाउँमा एक छात्रालाई बलात्कार गरेर सिउदोमा सिँदूर भरेको घटना सोमबार सार्वजनिक भएको छ ।

पीडित विद्यार्थीले एक युवकविरुद्ध प्रहरी चौकीमा एफआइआर दर्ता गराएकी छन् ।

प्रहरी चौकीमा दिएको निवेदनमा १६ वर्षीया किशोरीले आफू हाईस्कुल पढ्न गएको बताएकी छन् । छात्राकाअनुसार बाटोमा एक युवकले मलाई जबरजस्ती बोलेरो गाडीमा बसाइदिए । त्यसपछि आँखामा कपडाको पट्टी बाँधेर अज्ञात ठाउँमा लगेर मसँग ६ दिनसम्म शारीरिक सम्बन्ध राखेर जबरजस्ती मागमा सिन्दुर हाले ।

यस क्रममा उनले विरोध गरिन् तर मुखमा कपडा बाँधिएको थियो ।

त्यसपछि आइतबार राति उक्त युवकले मलाई डुमरियाको जंगलमा छाडेर भागेका थिए । त्यसपछि अज्ञात व्यक्तिमार्फत घर पुगे । घटनाको छानबिन गरी कडा कारबाही गरिने एसएचओ मनोजकुमार सिंहले बताए ।