एजेन्सी, ७ असोज । भारत उत्तराखण्डको ऋषिकेश जिल्लाको वनन्तरा रिसोर्टबाट हराइरहेकी रिसेप्शनिस्टको सम्बन्धमा प्रहरीले भाजपाका पूर्व राज्यमन्त्री विनोद आर्यका छोरा पुलकित आर्य सहित तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ परेका अभियुक्तहरुले आफ्नो अपराध स्वीकार गरेका छन् । रिसेप्सनिस्टले रिसोर्टमा आउने ग्राहकसंग सुत्न अस्वीकार गरेको आरोपितले बताए । उनीहरूले रिसेप्शनिस्टलाई वेश्यावृत्तिमा धकेल्न खोजिरहेका थिए ।
तर रिसेप्सनिस्टले त्यसलाई अस्वीकार गर्दै आएकाले उनको हत्या गरी चिलाशक्ति नहरमा फालिदिए । प्रहरीले रिसेप्सनिस्टको खोजी गरिरहेको छ ।
मकेश्वर विधानसभाको कौडिया गाउँस्थित वनन्तरा रिसोर्टमा कार्यरत १९ वर्षीया रिसेप्सनिस्ट युवती अंकिता भण्डारी भदौ १८ गते साँझ शंकास्पद अवस्थामा बेपत्ता भएकी थिइन् ।
उनी बेपत्ता भएको शुक्रबार लक्ष्मण झुला प्रहरी चौकीका अतिरिक्त एसपी शेखर सुयालले जानकारी दिए । उनले वनन्तरा रिसोर्टका सञ्चालक पुलकित आर्य, म्यानेजर सौरभ भास्कर र अंकितले मिलेर कसरी अंकिता भण्डारीको हत्या गरी शव चिलाशक्ति नहरमा फालेको बताए ।
उनले अभियुक्तले दिएको घटनास्थलका आधारमा एसडीआरएफ टोलीको सहयोगमा नहरमा उद्धार कार्य गरी अंकिता भण्डारीको शवको खोजी भइरहेको बताए । यसैबीच लक्ष्मण झुला प्रहरी चौकी पुगेका अंकिता भण्डारीको परिवारका सदस्य र स्थानीयमा आक्रोश देखिएका छन् ।
यससँगै उनीहरुले आरोपितलाई जनताको जिम्मा लगाउनुपर्ने माग गर्दै प्रहरी चौकीमा नाराबाजी गरेका छन् । अहिले प्रहरीले आरोपीलाई कडा निगरानीमा राखेको छ ।












प्रतिक्रिया दिनुहोस्