जनता टाइम्स

७ आश्विन २०७९, शुक्रबार १६:४३

रुसको कब्जामा रहेको युक्रेनी भूभागमा जनमत संग्रह सुरु, रुसले जित्ने सम्भावना


एजेन्सी,७ असोज । रुसले कब्जा गरेको युक्रेनका भूभागमा शुक्रबार जनमत संग्रह सुरु भएको छ । यो जनमतसंग्रहले यी क्षेत्रहरू रूसको अभिन्न अंग बन्न चाहन्छन् कि चाहदैनन् भनेर निर्धारण गर्नेछ।

जनमत संग्रहलाई एक प्रकारले रुसले समर्थन गरेको छ र विगतमा युक्रेन र पश्चिमी देशहरूले यसलाई ‘खाली बयानबाजी’ भन्दै निन्दा गरेका छन् । यसलाई रुसले यस क्षेत्रलाई गाभेको कदमको रूपमा हेरिएको छ ।

लुहान्स्क, आंशिक रूपमा रुसले कब्जा गरेको जापोरिझ्झ्या र डोनेट्स्क क्षेत्रमा मतदान भएको छ। यसैगरी खेरसोनमा शुक्रबार बिहान मतदान सुरु हुने अपेक्षा गरिएको छ।

यस क्षेत्रमा रुसको पूर्ण नियन्त्रण रहेको छ । जनताले यी क्षेत्रहरूलाई रूसमा समावेश गर्न चाहन्छन् कि चाहदैनन् भनेर निर्धारण गर्न मतदान भइरहेको छ र परिणामहरू रूसको पक्षमा आउने विश्वास गरिएको छ ।

यसले रुसलाई युक्रेनी सेनाले भूभाग फिर्ता लिने प्रयास वास्तवमा रुसमाथि आक्रमण गरेको दाबी गर्ने अवसर दिनेछ । जनमत संग्रह अघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ३ लाख ुरिजर्भु (आरक्षित सैनिक) को आंशिक तैनाथीको घोषणा गरेका थिए । सेनामा जबर्जस्ती भर्ना हुने सम्भावना छ ।

यसबाट डराएर मानिसहरु रुस छोडेर भाग्न खोजिरहेका छन् । रूसबाट बाहिर जाने विमानहरूमा सिटहरू भरिएका छन् । जनता कुनै पनि हालतमा सेनामा भर्ती हुन चाहँदैनन् । रसिया छोड्न नसक्नेहरू घरमै हात भाँच्ने उपाय अपनाइरहेका छन् ।