जनता टाइम्स

१४ श्रावण २०७६, मंगलवार १९:१९

बिप्लवकी अर्का प्रभावशाली नेतृ पनि पक्राउ


काठमाडौं, साउन १४ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी काठमाडौं जिल्ला इञ्चार्ज पक्राउ परेकी छन्।
बिप्लवको काठमाडौं जिल्ला इञ्चार्ज धीरेन्द्रा उपाध्याय उर्फ भृकुटीलाई प्रहरीले बूढानिलकण्ठबाट आज पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर, महानगरीय प्रहरी अपराध महाशाखा र विशेष ब्युरोको टोलीले उपाध्यायलाई पक्राउ गरेको उच्च प्रहरी स्रोतले जनायो। यसअघि प्रहरीले काठमाडौं उपत्यका ब्यूरो इञ्चार्ज माइला लामालाई पक्राउ गरेको थियो। उपाध्याय माइला लामापछि प्रभावशाली नेतृ हुन ।

सरकारले विप्लव समूहको गतिविधिलाई गत फागुनदेखि प्रतिबन्ध लगाएको छ। प्रतिबन्ध लगाएयता प्रहरीले ६ सय बढी विप्लव कार्यकर्तालाई पक्राउ गरिसकेको जनाएको छ।