जनता टाइम्स

१२ आश्विन २०७९, बुधबार १८:२०

५४ वर्षीय ससुराले गरे २५ वर्षीया बुहारीलाई करणी, भने– मैले बोलाउनासाथ आउनु . . .


एजेन्सी, १२ असोज । भनिन्छ बिहेपछि केटीको ससुराको घर नै उसको घर हो । बुबाभन्दा ससुरा बढी हुन्छ, तर धनबादको सिन्द्रीमा यस्तो पवित्र सम्बन्ध चिस्याउने घटना बाहिर आएको छ । सिन्द्रीको गौशाला ओपी क्षेत्रमा २५ वर्षीया बुहारीलाई ५४ वर्षीय ससुराले बलात्कार गरेका छन् । यति मात्र होइन, त्यति मात्र होइन् उनले भने, पछि पनि मैले बोलाउना साथ आउनु !

ससुराले यो कुरा कसैलाई बताएमा ज्यान मार्ने धम्की दिएको महिलाले बताएकी छन् । बुधबार गौशाला ओपीमा महिलाले यस्तो गुनासो गरेकी हुन् । मंगलबार ससुराले जबर्जस्ती करणी गरेपछि श्रीमान् घरमा बस्दा पनि त्यस्तै गर्ने धम्की दिएको युवतीले बताइन् । उनका श्रीमान् बाहिर मजदुरीे गर्ने गरेको बताए ।

उनले आफ्नो श्रीमानलाई मोबाइल फोनमा सबै कुरा जानकारी गराएकी थिइन् । यसपछि श्रीमान घर आएपछि ससुरा भागेका थिए । महिलाको बयानका आधारमा ससुराविरुद्ध गौशाला ओपीमा यौन दुव्र्यवहार र जबरजस्ती करणी मुद्दा दर्ता भएको छ । यहाँ प्रहरीले बुधवार साँझ ससुरालाई पक्राउ गरी जेल चलान गरेको छ । पीडित महिलाको बयान पनि अदालतमा लिइने गौशाला ओपी इञ्चार्जले बताए ।
घटनाको समयमा ससुरा र बुहारी मात्र घरमा थिए ।

उजुरीकर्ताका श्रीमानले आफु र बुवा छुट्टाछुट्टै मजदुरी गर्ने गरेको बताए । यो घटना हुँदा घरमा उनकी श्रीमती र बुवा मात्रै थिए । उनकी आमा छोरीलाई भेट्न बाहिर गएकी थिइन् । बाबुलाई प्रहरीले कडा कानुनी कारबाही गर्नुपर्ने श्रीमानले बताए । प्रहरीले यस विषयमा अनुसन्धान थालेको छ । सबै कोणबाट अनुसन्धान भइरहेको छ ।