जनता टाइम्स

१५ आश्विन २०७९, शनिबार १२:५९

जेलमा कैदीद्वारा महिला डाक्टरलाई बलात्कृत


एजेन्सी, १५ असोज । । सुरक्षित मानिने मण्डोली कारागारमा पनि महिला सुरक्षित छैनन् । सोमबार एक कैदीले महिला डाक्टरलाई बलात्कार गर्ने प्रयास गरेका थिए । अभियुक्तले महिला शौचालयभित्रै अपराध गरेको थियो । चिच्याउदैं बाहिर दौडदां पीडित पनि लडेर घाइते भए, सुरक्षाकर्मीले आरोपितलाई नियन्त्रणमा लिए ।

पीडितको उजुरीको आधारमा हर्ष विहार थानामा बलात्कार प्रयासको धारा अन्तर्गत एफआईआर दर्ता गरिएको थियो । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ बलात्कार मुद्दामा अभियुक्त जेलमा छन् । सोमबार दिउँसो कारागारको डेन्टल क्लिनिकमा एक महिला डाक्टरले कैदीबन्दीको उपचार गर्दै आएकी थिइन् ।

अनुसन्धानको बहानामा एक अन्डरट्रायल कैदी क्लिनिकमा पुगेर सुरक्षाकर्मीको नजरबाट जोगिएर महिला शौचालयमा लुकेर बसेका थिए । स्रोतका अनुसार डाक्टर शौचालय गएपछि त्यहाँ लुकेका कैदीले भित्रबाट ढोका थुनेर डाक्टरलाई जबरजस्ती गर्न खोजेका थिए ।

डाक्टरले विरोध गर्न थालेपछि आरोपितले धम्की दिए । डाक्टरले आग्लो खोलेर ज्यान जोगाउन भाग्न थालिन्, त्यही बीचमा उनी पनि भुइँमा लडेर घाइते भइन् । उनको हातमा चोट लागेको छ । डाक्टरले अलार्म बजाउँदा सुरक्षाकर्मी घटनास्थलमा पुगे र आरोपितलाई शौचालयबाट समाते ।

यो घटनाले डाक्टर निकै डराएकी छन् । उनले हर्ष विहार प्रहरी चौकीमा यस विषयमा लिखित उजुरी दिएका छन् । मंगलबार प्रहरीले यस मामिलामा एफआईआर दर्ता गरेको छ । जबरजस्ती करणी मुद्दामा अभियुक्त जेलमा रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले उनीमाथि सोधपुछ गरी अनुसन्धान गरिरहेको छ ।