एजेन्सी, १८ असोज । पटनाकी एक युवतीले दिल्लीका केटासँग विवाह गरिन् । केही महिनाअघि भएको विवाहपछि युवती श्रीमानसँग दिल्ली गइन् । त्यहाँबाट श्रीमानले उनलाई हनिमुनका लागि नैनीताल लगे ।
नैनितालमा श्रीमानले युवतीलाई यस्तो गरे कि उनले आफ्नो ज्यान जोगाउन सफल भइन् । पटना आएपछि युवतीले सुनाएको कथा सुनेर सबै छक्क परेका छन् ।
श्रीमान् अरू केही बनाउन चाहन्थे
युवती कुनै उपाय निकालेर भागेर पटनास्थित आफ्नो मामाघरमा पुगेकी थिइन् । यसपछि उनी कदमकुआन प्रहरी चौकी गएर प्रहरीलाई सम्पूर्ण घटनाबारे जानकारी दिइन् । केटीले पुलिसलाई स्पष्टसँग भनिन् कि दिल्लीको केटाले आफूलाई पत्नीका रूपमा नभई अरूनै केही बनाउन चाहन्थे ।
रक्सी ख्वाएर साथीको कोठामा पठाउथें
कदमकुआन प्रहरी चौकीमा युवतीले आफ्ना पतिले जबर्जस्ती रक्सी ख्वाउने गरेको बताइन् । उनले आफ्नै नवविवाहित श्रीमतीलाई रक्सी ख्वाएर साथीको कोठामा सुत्न जान दबाब दिन्थे । श्रीमानले बारम्बार यातना दिने गरेको पीडित युवतीको आरोप छ ।
रक्सी पिएपछि अश्लिल भिडियो बनाइयो
बिहेपछि श्रीमानले नैनीताल लगेका थिए । त्यही क्रममा उनले साथीलाई पनि बोलाएर जबर्जस्ती रक्सी ख्वाएपछि गोप्य रुपमा मोबाइलमा अश्लील फोटोसहित भिडियो बनाए । श्रीमानले टेलिग्राम मार्फत कसैलाई अश्लिल तस्बिर पठाएका थिए ।
बिरामीको बहानामा पटना
उनी बिरामीको बहानामा दिल्लीस्थित आफ्नो ससुराको घरबाट पटना पुगेकी थिइन् र प्रहरीलाई आफूले भोगेको अवस्थाबारे बताएकी थिइन् । मुद्दा दर्ता गरेपछि प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ । ती युवतीको यही वर्ष अप्रिल २७ मा दिल्लीमा बस्ने एक युवकसँग विवाह भएको थियो ।
प्रतिक्रिया दिनुहोस्