जनता टाइम्स

१८ आश्विन २०७९, मंगलवार १८:०८

जेलमा भएको दङ्गामा कम्तीमा पन्ध्रको मृत्यु


एजेन्सी, १८ असोज । इक्वेडरको मध्य इक्वेडर सहर लाटाकुंगामा रहेको एक जेल दङ्गामा परी सोमबार दिउँसो कम्तीमा १५ कैदीको मृत्यु हुनुका साथै २० जना घाइते भएका इक्वेडरको राज्य महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । कैदीहरूको समूहबीच भएको भिडन्तपछि पन्ध्र शवहरु फेला परेका अधिकारीहरुले ट्वीट गरेको बताइएको छ ।

लागूऔषध विरोधी अधिकारीहरूले मुख्य लागूऔषध तस्करहरू मध्ये एक मान्निने र मनी लान्ड्रिङको आरोपमा मुद्दा चलाइएको लिआन्ड्रो नोरेरो पनि मारिएका मध्ये एक रहेका जनाइएको छ । दङ्गाको कारण अझै अनुसन्धानरत रहेको जनाइएको छ । इक्वेडरका राष्ट्रपति गुइलेर्मो लासोले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ ।

सन् २०२१ कारागार हिंसामा परी ३०० भन्दा बढी कैदीहरु माएिका थिए । सन् २०२२ मा पनि यो स्थिति जारी रहेको बताइएको छ । सरकारले कारागार नियन्त्रणका लागि लागूऔषध कारोबारी समूहबीचको झडपका कारण बारम्बार कारागारमा भएको दङ्गालाई जिम्मेवार ठहर गर्दै लागूऔषध माफियाविरुद्ध लड्ने घोषणा गरेको छ ।