जनता टाइम्स

२० आश्विन २०७९, बिहीबार १४:२६

थाइल्यान्डमा बच्चाहरूको एक डे केयर ससेन्टरमा गोली चल्दा ३१ जनाको मृत्यु


एजेन्सी, २० असोज । थाइल्याण्डको प्रि–स्कूल चाइल्ड डे केयर सेन्टरमा एक पूर्व प्रहरी अधिकारीले गोली चलाएएका छन् । यस गोलीबारीमा कम्तीमा ३१ जनाको मृत्यु भएको छ ।

थाइल्याण्डको उत्तरपूर्वी भागमा रहेको नोङ बुवा लाम्फुमा भएको आक्रमणपछि बन्दुकधारी अझै फरार छन् । मृत्यु हुनेमा बालबालिका र वृद्धवृद्धा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले आक्रमणकारीले बालबालिका र वयस्कहरूलाई गोली हाने, छुरा प्रहार गरेको र अहिले फरार रहेको बताएको छ। आक्रमणको कारण अझै खुल्न सकेको छैन ।

थाइल्याण्डमा यस्ता घटना विरलै हुने गरेका छन् । सन् २०२० मा एक सैनिकले २१ जनाको हत्या गरेका थिए ।