जनता टाइम्स

२१ आश्विन २०७९, शुक्रबार १७:३३

आफ्नै घरको ड्राइभरबाट मालिक्नी वर्ष दिनदेखि बलात्कृत, यस्तो छ कहानी . . .


एजेन्सी, २१ असोज । दिल्लीको छेउमा रहेको हरियाणाको गुरुग्राम जिल्लामा एक ५२ वर्षीया महिलालाई एक वर्षभन्दा बढी समयसम्म बारम्बार बलात्कार गरिएको आरोप छ। महिलाको उजुरीका आधारमा प्रहरीले आरोपीविरुद्ध मुद्दा दर्ता गरेको छ ।

बिहीबार यसबारे जानकारी दिँदै अधिकारीले पीडित महिलाले दिएको उजुरी अनुसार आरोपितले पीडितको श्रीमानको ड्राइभरको काम गर्नुका साथै घरायसी काममा पनि सघाउँथे ।

उजुरीकर्ताले डिसेम्बर १०, २०१९ मा घरमा एक्लै हुँदा चालकले उनको कोठामा पसेर बलात्कार गरेको आरोप लगाएकी छिन् । जब उनले चालकलाई विरोध गरिन् चालकले उल्टो उनको श्रमिान्लाई कुनै पनि बेला मारिदिन सक्ने चेतावनी दिएका थिए ।

सो दिनपछि आरोपितले एक वर्षभन्दा बढी समयसम्म आफूलाई बलात्कार गरेको र यसबारे बताउन खोजे श्रीमानलाई मार्ने धम्की दिएको उजुरीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

महिलाले आफ्नो उजुरीमा भनेकी छन्, ‘म लामो समयसम्म चुपचाप बसेँ तर अब अन्ततः प्रहरीमा जाने निर्णय गरें । पुलिस अधिकारीहरूले भने कि बुधबार, महिला पुलिस स्टेशन, सेक्टर ५१ मा आईपीसीको धारा ३७५ (बलात्कार) र ५०६ (आपराधिक धम्की) अन्तर्गत चालक विरुद्ध एफआईआर दर्ता गरिएको छ ।

घटनाको सत्यतथ्य छानबिन गरी कानुनबमोजिम कारबाही गरिने एक वरिष्ठ प्रहरी अधिकृतले बताए ।