एजेन्सी, २२ असोज । सरकार समर्थक यमनी सेना र हुथी विद्रोहीबीच शुक्रबार बिहान दक्षिणी प्रान्त लाहजमा भएको झडपमा दुबै पक्षबाट दशको मृत्यु भएको एक सैनिक अधिकारीले सिन्ह्वालाई बताउनुभएको हो । हुथी विद्रोही समूहले लाहजमा सरकार समर्थक सेनाद्वारा नियन्त्रित क्षेत्रमा आक्रमण गर्न आफ्ना धेरै लडाकू पठाएका थिए ।
यस क्षेत्रमा धेरै घन्टासम्म झडप भएको स्थानीय सैन्य स्रोतले नाम नछाप्ने सर्तमा भनेका समाचारमा जनाइएको छ ।
सरकारी सेनाले छ जना हुथी आक्रमणकारीलाई मारेको र आफ्ना चार सैनिकलाई गुमाएका जानकारी दिएका थिए । जमिनमा सैन्य प्रगति गर्न असफल भएपछि, हुथी अब विद्रोही–नियन्त्रित प्रान्त अल–बायदा नजिकैको याफेया क्षेत्र वरपरका मुख्य साइटबाट पछि हट्न बाध्य भएका स्रोतले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्