भारत, २२ असोज । ९ जनाको ज्यान लिने बाघलाई बिहारको बगाहामा गोली हानेर मारिएको छ । उनको २६ दिनदेखि खोजी भइरहेको थियो । आज बाघलाई गोवर्धन थाना क्षेत्रको बलुआ गाउँको खेतमा घेराबन्दी गरिएको थियो । त्यसपछि बन्दुकधारीले बाघलाई ४ गोली हाने । वाल्मीकि टाइगर रिजर्भको यो बाघले आज आमा र छोराको पनि हत्या गरेको थियो ।
पछिल्लो ३ दिनमा मात्र बाघको आक्रमणमा ४ जनाको मृत्यु भएको बताइएको छ । बाघले ९ महिनामा १० जनालाई आक्रमण गरेको थियो जसमध्ये ९ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ । हिजो बिहान बाघले आमा छोरालाई आक्रमण गरेको थियो । जसमा दुवैको घटनास्थलमै मृत्यु भएको थियो । हिजो मात्रै बाघ मार्ने आदेश जारी भएको थियो ।
मानिसमाथि आक्रमण गर्ने बाघलाई पक्रन सेप्टेम्बर १३ गते आदेश जारी गरिएको थियो । अक्टोबर ५–६ मा दुई दिनमा बाघले दुई जनाको ज्यान लिएपछि ७ तारिखमा मार्न आदेश जारी भएको थियो । ७ घण्टाको अपरेशनपछि आज नरभक्षी बाघको मृत्यु भएको हो ।












प्रतिक्रिया दिनुहोस्