एजेन्सी, २४ असोज । युवतीलाई सामुहिक बलात्कारको भिडियो बनाएर केही महिनासम्म ब्ल्याकमेल गरिएको थियो । पछि उनको भिडियो भाइरल भयो ।
जसका कारण पीडित र आफन्तको घर बाहिर निस्कन बन्द भएको छ । पीडितले नाम र अपरिचित सात जनाविरुद्ध मुद्दा दायर गरेकी छन् ।
यो हो मामला
एक वर्षअघि उनी गुड्डोको घरमा सिलाई सिक्न गएकी थिइन् । एक दिन गुड्डोका भान्जी रानी र फरहीनले लुगा चेक गर्दा चोरी गरेको भिडियो बनाएको आरोप छ । यो भिडियो रानीले आफ्नो भाइ चन्दलाई दिएकी हुन् ।
दस महिनासम्म बलात्कृत
करिब दश महिनाअघि चन्दले उक्त भिडियो देखाएर सामाजिक सञ्जालमा भाइरल गर्ने धम्की दिएका थिए । बलात्कार गरी भिडियो बनाएर ब्ल्याकमेल गर्न थाले । गुड्डो, फरहीन, रानी र चन्दका मामा गुड्डुले घटना कसैलाई सुनाए भिडियो भाइरल बनाउने र ज्यान मार्ने धम्की दिएका थिए ।
केटी डर र लाजले मौन
युवती डर र लाजले चुपचाप रहिन । त्यसको फाइदा उठाउँदै चन्द र उनका भाइ आकिबले उनलाई पटकपटक बलात्कार गरेका थिए । चन्दले भिडियो कल गरेर मोबाइलमा अश्लिल कुरा गर्थे । बोल्न बन्द गरेपछि चन्द बाहेक रिजवान लगायत अन्य साथीहरुले अश्लील भिडियो भाइरल बनाए । कोतवाली इन्चार्ज रवि रतन सिंहले आरोपित विरुद्ध मुद्दा दर्ता गरिएको बताए । अनुसन्धानपछि थप कारबाही हुनेछ ।
प्रतिक्रिया दिनुहोस्