जनता टाइम्स

१६ श्रावण २०७६, बिहीबार १६:०८

परराष्ट्रमन्त्रीको पहलमा गुल्मीको पहिरो पीडित ठुलो लुम्पेकमा भुगर्वविद्को टोली जादै


काठमाडौं, साउन १६

पहिरोको कारण पूरै बस्ती जोखिममा परेको गुल्मीको सत्यावती गाउँपालिकाको ठूलो लुम्पेकको भु–बनावटको परिक्षण गरिने भएको छ । पहिरोले पुरै पहाडको एक पाटो क्षतविक्षत देखिएपछि परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको अग्रसरतामा शुक्रबार भुगर्वविद्हरु त्यहा जान लागेका हुन् ।

खानी तथा भूगर्व विभागका दुई भुगर्वविद्हरुले शुक्रबारबाट स्थलगत निरीक्षण गर्नुहुनेछ । पहिरो गएकै दिन राहत सामाग्री लिएर प्रभावित स्थल पुग्नु भएका मन्त्री ज्ञवालीको सो निर्वाचन क्षेत्र पनि हो । भगर्वविद्हरु राजेन्द्र आचार्य र शुलभ कायस्थले स्थलगत निरिक्षणपछि सो क्षेत्रमा घर बनाउन मिल्ने वा नमिल्ने निक्र्यौल हुनेछ । गत साता अविरल वर्षापछि आएको पहिरोका कारण ठूलो लुम्पेकमा करिव साढे ४ सयको सख्यामा विस्थापित भएका छन् ।

स्थलगत निरीक्षण गरेपछि आएको प्रतिवेदनका आधारमा एकीकृत बस्ती बसाल्ने कि पुरानै ठाउँमा घरको पुर्ननिर्माण गर्ने भन्नेबारे निर्णय लिइने मन्त्री ज्ञवालीका प्रेस संयोजक सुदन ज्ञवालीले जानकारी दिनुभयो । एक रात सोही क्षेत्रमा बसी आउनु भएका मन्त्री ज्ञवालीले बस्ती पुर्ननिर्माणका लागि आफुले पहल गर्ने प्रतिबद्धता समेत पीडितहरुसग जनाउनु भएको थियो ।